न्यायपालिकालाई गतिशील बनाउन सर्वोच्च अदातल प्रतिबद्ध छ: प्रधानन्यायाधीश श्रेष्ठ
मकवानपुर । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई समय सापेक्ष गतिशील, गुणस्तरीय र सुशासनतर्फ अभिवृद्धि गर्न भौतिक पूर्वाधार विकास नै न्यायका लागि अभिन्न अङ्ग बनेको बताउनुभएको छ ।
मकवानपुर जिल्ला अदालतको नवनिर्मित भवनको सोमबार यहाँ एक समारोहबीच उद्घाटन गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा विगतको समयमा न्यायाधीशको पदपूर्ति हुन नसक्दा मुद्दाको चाप निकै बढेको उल्लेख गर्नुभयो । उहाँले हाल सर्वोच्च अदालतमा न्यायाधीशको पदपूर्ति भइसकेकाले अब मुद्दाको चापलाई विभिन्न इजलाशबाट छिट्टै फछ्र्यौट गर्नेतर्फ आफुले प्रयास गरिरहेको बताउनुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले स्थानीय निकायमा अर्धन्यायिक समितिमा जिल्लाको विभिन्न नागरिकको आ–आफ्नो समस्याको मुद्दा दर्ता गरी छलफल र बहस हुँदै आएको र मेलमिलापको आधारमा छिटोछरितो मुद्दा टुङ्गिने अवस्था रहेको भए पनि अदालतमा भने मुद्दाको टुङ्गो लगाउन समय लाग्ने बताउनुभयो । न्यायपालिकाको इजलाशबाट संविधान, ऐन कानुनको परिधीभित्र रहेर विभिन्न मुद्दाको सुनुवाई, बहस भइरहने, प्रमाण बुझ्ने कारणबाट मुद्दाको प्रकृया केही सयम लम्बिने भएको चर्चा गर्नुहुँदै स्थानीय निकायले जस्तो छिटोछरितो मेलमिलापको माध्यमबाट मुद्दाको फछ्र्यौट गर्दा सेवाग्राहीमाथि न्यायको निष्पक्षतामाथि नै प्रश्न उठ्नेतर्फ सचेत गराउनुभयो ।
प्रधानन्यायाधी श्रेष्ठले न्यायपालिकालाई सुधारको प्रकृयाबाट अघि बढाउँदै सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्ने र अदालतबाट दिने न्यायलाई नागरिकको सम्पतिका सुरक्षा, मानवअधिकारको संरक्षण र जनतालाई अदालतले नै निष्पक्ष न्याय दिन्छ भन्ने भावना जागृत गराउनु आजको आवश्यकता रहेको छ, भन्नुभयो ।
सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुडालले न्याय क्षेत्रलाई प्रभावकारी, जनमुखी र जवाफदेही बनाउन सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालतका न्यायाधीशलाई न्यायमैत्री बनाउन अहिले भौतिक पूर्वाधार विकासको साथै न्यायाधीशको पदपूर्ति क्रमश गरिँदै लगिएको उल्लेख गर्नुहुँदै सबै क्षेत्रका नागरिकलाई आन्तरिक व्यवस्थापनबाट छिटोछरितो न्याय उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले बागमती प्रदेश अन्तरगत रहेका विभिन्न जिल्ला अदालत र उच्च अदालत पाटन हेटौँडा इजलाशको भौतिक पूर्वाधारको विकासका लागि प्रदेश सरकारले सीमित स्रोतसाधन आवश्यकताअनुसार उपलब्ध गराउँदै लैजाने सरकारको नीति रहेको उल्लेख गर्नुहुँदै अत्यन्तै गरिबीको रेखामुनी र विपन्न नागरिकको न्यायक समस्यालाई सहजीकरण गरी न्यायाधीशले जनआस्था वृद्धि गर्नेतर्फ सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
यस्तै, हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीनाकुमारी लामाले न्यायापालिकाले दुर्गम भेगका विपन्न र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणलाई पनि उहाँहरुको समस्यालाई न्याय प्रशासनले बुझ्ने र प्रमाण जुटाई न्याय दिनेतर्फ सोच विचार पुर्याई न्यायप्रति जनताको आस्था वृद्धि गर्न आग्रह गर्नुभयो ।
उक्त अवसरमा उच्च अदालत पाटन इजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौला, उच्च अदालत पाटन हेटौँडाका मुख्य न्यायाधीश यमूना भट्टराई, जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सञ्जेल र नेपाल बार एसोसियन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेतले न्याय सेवालाई गुणस्तरीय जवाफदेही बनाउँदै सर्वसाधारण नागरिकलाई ऐन कानुनको परिधिभित्र रहेर छिटोछरितो न्याय दिनेतर्फ अदालतले नयाँ सोचका साथ अघि बढ्नुपर्दछ भन्नुभयो ।
जिल्ला अदालतको नवनिर्मित भवन नेपाल सरकारको रु २३ करोड ७७ लाख अनुदानबाट निर्माण सम्पन्न भएको अदालतका श्रेष्तेदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त भवनमा मुद्दा दर्ता, अभिलेख शाखा, पुस्तकालय, प्रशासन, लेखा, कम्प्युटरलगायत विभिन्न कक्षसहित ६१ कोठा छन् ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












