कतारमा आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा निरन्तर प्रमुख विषय बन्ने क्रम जारी
काठमाडौं । कतारमा आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षाको प्रश्न बारम्बार उठ्दै आएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन'(२०२२) मा पनि त्यसबारे उल्लेख छ।
त्यसमा भनिएको छ,’आप्रवासी कामदारहरूको स्वास्थ्य र सुरक्षा निरन्तर प्रमुख विषय बन्ने क्रम जारी छ। सन् २०२१/२२ मा ३९ जना महिलासहित एक हजार ३ सय ९५ जना नेपाली आप्रवासी कामदारहरूले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको विवरण आएको थियो। अधिकांश मृत्यु ‘प्राकृतिक कारण’ले भएका थिए भनेर गन्तव्य मुलुकहरूले प्रमाणित गरेका छन्। मलेशिया, साउदी अरेबिया, कतार र यूएईमा सन् २०१९र२० र २०२० र २१ मा वार्षिक रूपमा १५० भन्दा बढी नेपाली आप्रवासी कामदारहरूको मृत्यु भएका घटनाका विवरणहरू आएका छन्।’
प्रतिवेदनमा उल्लेख्य सङ्ख्यामा नेपाली आप्रवासी कामदारहरू मध्यम तथा कडा खालका चोटपटक र रोग लिएर घर फर्किएको पाइएको पनि उल्लेख छ। त्यस्ता स्वास्थ्यसम्बन्धी समस्याहरू उनीहरूको कामसम्बन्धी सुरक्षासँग सम्बन्धित रहेको देखिएको प्रतिवेदनमा जनाइएको छ।
Comments
अरु समाचार
-
इरानविरुद्ध जारी सैन्य अभियान कम गर्ने सोचमा ट्रम्प, युद्ध रोकिने संकेत हो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान बिस्तारै कम गर्ने विषयमा विचार भइरहेको बताएका छन् । पश्चिम...
-
आज देशभर बादल लाग्ने, मध्यम वर्षा/हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी,...
-
आज ईद उल फित्र पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
काठमाडौं । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद...
-
कांग्रेस सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय आइतबार गरिने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (चैत ६)लाई स्थगित भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, २५...
-
प्रतिकुल मौसमका कारण उडान प्रभावित, धेरै विमान गन्तव्यमा अवतरण नगरी डाइभर्ट
काठमाडौँ । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित...
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...












