बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
एनबीसी न्यूज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्यूज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न भएको केही मिनेटपछि उक्त प्रक्षेपण गरेका हुन् ।
राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गर्नुभएको छ । मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए ।
सन् २०१६ मा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई ११ हजार मतले पराजित गर्नुभएको मिचिगनमा बीस हजारभन्दा बढी डेमोक्र्याट मतदाताहरूले ‘अप्रतिबद्ध’ विकल्पको लागि मतदान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका लागि पूर्व अमेरिकी राजदूत तथा दक्षिण क्यारोलिनाकी पूर्वगभर्नर निक्की हेलीलाई पराजित गर्दै ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट जित हासिल गर्नुभएको छ ।
मिचिगनका ५५ राष्ट्रपति प्रतिनिधिमध्ये १६ जनाको मात्र प्राथमिक नतिजाका आधारमा निर्णय गरिनेछ भने बाँकी प्रतिनिधि (डेलिगेट्स) लाई मार्च २ मा हुने रिपब्लिकन कन्भेन्सनमा वितरण गरिनेछ ।
इमर्सन कलेजपोलिङ÷द हिलको नयाँ सर्वेक्षणअनुसार मिचिगनका ३१ प्रतिशत मतदाताका लागि अर्थतन्त्र सबैभन्दा ठूलो मुद्दा हो भने अन्य आप्रवासन, लोकतन्त्र, स्वास्थ्य सेवा, आवास कोलागि खतरा, शिक्षा, अपराध र गर्भपतन पहुँच उनीहरूको चासोको विषय हो ।
मिचिगन अमेरिकी राष्ट्रपतीय चुनावमा मतका हिसावले एक महत्वपूर्ण राज्य हो । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हिलरी क्लिन्टनलाई ०।२ प्रतिशतले पराजित गर्दै बिजयी हुनुभएको थियो । त्यसको चार वर्षपछि बाइडेनले २.८ प्रतिशत मतान्तरले जित हासिल गर्नुभएको थियो ।
अमेरिकी अधिकांश राज्यहरूमा राष्ट्रपतीय प्राइमरी मतदान हुने ‘सुपर ट्युस्डे’ ननिकँदै छ । रिपब्लिकन वा डेमोक्र्याटिक अधिवेशनहरूमा भाग लिने लगभग एक तिहाइ प्रतिनिधिहरू सामान्यतया यस दिन तय गरिन्छ । यस वर्षको ‘सुपर ट्युस्डे’ मार्च ५ मा परेको छ र उक्त दिन, लगभग १५ राज्य र एक क्षेत्रमा मतदान हुनेछ ।
आधिकारिक रूपमा पार्टीको प्रतिनिधिहरूद्वारा चयन गरिने राष्ट्रपति पदको उम्मेदवार जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनभन्दा पहिले घोषणा हुनुपर्नेछ र यो जुनका लागि तय भएको छ । त्यसपछि अगस्टमा डेमोक्र्याटिक नेशनल कन्भेन्सन हुँदै सन् २०२४ को नोभेम्बर ५ मा अमेरिकी नया राष्ट्रपति चयनका लागि हुने मतदान हुनेछ ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...











