विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घट्यो
काठमाडौं । विश्वकै सबैभन्दा कम रहेको दक्षिण कोरियाको जन्मदर झनै घटेको छ । दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२३ मा देशको जन्मदर आठ प्रतिशतले घटेर शून्य दशमलव ७२ प्रतिशतमा झरेको छ ।
हरेक वर्ष जन्मदर घटिरहेको दक्षिण कोरियामा सन् २०२२ को जन्मदर शून्य दशमलव ७८ प्रतिशत र सन् २०२१ मा शून्य दशमलव ८१ प्रतिशत थियो । विकसित देशको जनसङ्ख्या स्थिर राख्न प्रतिमहिला जन्मदर दुई दशमलव एक आवश्यक हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
दक्षिण कोरियामा जन्मदर घट्ने क्रम यही गतिमा रहने हो भने अबको ५० वर्षमा काम गर्ने उमेरका मानिसको सङ्ख्या आधा हुने र सन् २१ सयसम्ममा जनसङ्ख्या नै आधा हुने भन्दै कोरियाली अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सन् २१ सयसम्ममा दक्षिण कोरियाको आधा जनसङ्ख्या ६५ वर्षमाथिको हुने देखिएको छ ।
यसले देशको अर्थतन्त्रसँगै निवृत्तीभरण र सामाजिक सुरक्षामा नराम्रो असर पुग्ने भन्दै दक्षिण कोरियाका राजनीतिज्ञहरूले यसलाई राष्ट्रिय सङ्कटकाल भनेका बीबीसीले जनाएको छ । दक्षिण कोरियाका महिलाहरूले कामको निरन्तर चक्रमा अड्किनुपर्दा आफूहरूसँग बच्चा जन्माउन पर्याप्त समय नभएको प्रतिक्रिया दिएका छन् ।
निरन्तर काम गर्न नसके आफू पछाडि परिने वा असफल हुने उनीहरूको तर्क छ । एक पुस्ताको अवधिमा गरिबीबाट विकसित देशको स्थितिमा पुगे पनि दक्षिण कोरियाको सामाजिक सुरक्षा कमजोर छ । तर बच्चा जन्माउनेहरूलाई भने नगद भुक्तानीसहितका सुविधा दिएर आकर्षित गर्न खोजे पनि प्रयास सफल भएको छैन ।
सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन अर्थात् एक हजार पाँच सय १० अमेरिकी डलर दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात सय ५५ अमेरिकी डलर र दुई वर्षसम्म प्रत्येक महिना तीन सय ७७ अमेरिकी डलर दिने गर्छ ।
यस्तै प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना एक सय ५१ अमेरिकी डलर दिने गर्छ । यसरी बच्चा जन्माउने दम्पतीलाई दक्षिण कोरियाले झन्डै १३ लाख रुपैयाँ बराबर नगद भुक्तानी दिए पनि जन्मदर घटिरहेको छ । चीन, जापानलगायत विश्वका अरू विकसित देशमा पनि जनसङ्ख्या घटिरहेको भए पनि दक्षिण कोरियाको जस्तो चरम सङ्कट अरू देशमा छैन ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












