आजको राशिफल : २०८० फागुन १९ गते शनिवार
मेष: परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। आफ्नो क्षेत्रमा समेत अरूले हस्तक्षेप गर्न सक्छन्। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। पहिले सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला।
वृष: ध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ।
मिथुन :मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा दिगाे काम थालनी गर्न सकिने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ।
कर्कट : समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन उपयाेगी हुनेछ। सानै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। जिज्ञासा राख्दा विज्ञको मार्गदर्शन पाइनेछ। पेसा–व्यवसाय सामान्य फलदायी रहनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।अवसर आए पनि फाइदा उठाउन मिहिनेत गर्नुपर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् तर अरूकाे भरपर्दा काम बिग्रन सक्छ।
सिंह :पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ।
कन्या :गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ। परिश्रम परे पनि समय फलदायी रहनेछ।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।
तुला : ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुपर्ला। अर्थ अभाव भए पनि तत्कालको खाँचो टर्नेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिनेछ।आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।
वृश्चिक: पहिलेका कमजोरी सच्याउन काम दाेहाेर्याउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। सावधानीले उपलब्धि जाेगाउन सकिनेछ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान पुर्याउनुहाेला।आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। गुनासाे सुनाउँदा आफ्नो सूचना बाहिरिन सक्छ, सजग रहनुहोला।
धनु : फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवहार चलाउन कर्जाको रकम जुटाउनुपर्ने हुन सक्छ। आवश्यकताका वस्तु जुटाउन समय लाग्नेछ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।
मकर : व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कुम्भ : भौतिक साधनहरू संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।
मीन : टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूरा गर्न नसकिए पनि आर्थिक लाभ अवश्य हुनेछ।धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











