बैठकै बैठक : राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक पनि जारी
काठमाडौ. । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ। आइतबार बिहान हात्तीगौंडास्थित सभापति लामिछानेको निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराउनुभयो र त्यसका बारेमा छलफल गरियो। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गर्यो,’ उपसभापति डिपी अर्यालले जानकारी दिए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।
अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ। यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्। बालकोटमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पनि बसिरहेको छ। बैठकपछि सभापति देउवा र रक्षामन्त्री खड्कासँग छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











