एकीकृत समाजवादीको बैठकमा आज सत्ता गठबन्धनको प्रस्तावबारे छलफल गरिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बुधबार बस्दैछ। नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए।
प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान प्रस्ताव गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ माधवकुमार नेपाललाई निवासमै भेटेर औपचारिक प्रस्ताव गरेका छन्।
अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव भूसालले बताए। ‘प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव गर्नुभयो,’ महासचिव भूसालले सेतोपाटीसँग भने, ’प्रधानमन्त्रीले लामो पृष्ठभूमि जोड्दै घटनाक्रमबारे बताउनुभयो। हामीले भोलि बस्ने सचिवालय बैठकले निर्णय गर्ने कुरा बतायौं।’
नेपाल निवास कोटेश्वरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव भूसाल थिए। प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएदेखि नेपाली कांग्रेसको महासमिति बैठकले पैदा गरेको संशयसम्मका घटनाक्रमको पृष्ठभूमि बाँधेको बैठकमा सहभागी अर्का नेताले बताए।
‘यी सबै घटनाक्रमले संशय पैदा गरेपछि हामी छलफलमा थियौं। बाहिर कुरा चुहिन्छ कि भनेर डर थियो र तपाईंसँग छलफल हुन पाएन। अब सहकार्य गरेर जाऔं। हिजो गल्ती, कमीकमजोरीबारे बसेर समीक्षा गर्दै जाऔंला। अहिले चाहिँ मिलेर अघि बढौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का नेताले बताए।
मंगलबार साँझ साढे ६ बजेदेखि सुरू भएको बैठक दुई घन्टा चलेको थियो। बैठकमा एमाले अध्यक्ष ओली लचिलो रूपमा प्रस्तुत भएको र विगतका कमजोरीप्रति समीक्षा गर्न तयार रहेको आफूहरूले बुझेको ती नेताले बताए। उनका अनुसार मंगलबारको भेटपछि अध्यक्ष नेपाल पनि निकै सकारात्मक छन्। आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले गठबन्धनमा सहभागी हुने निर्णय गर्ने सम्भावना बढेको ती नेताले बताए।
‘विगतमा यस्ता गठबन्धन बनेका छन्। पार्टी एकता पनि भएकै हो। तर बीचमै दुर्घटित भएर तितरवितर हुनुप¥यो। अहिलेको गठबन्धनको यात्रा कहाँसम्म हो, यसको राजनीतिक, वैचारिक कुनै बाटो छ कि, सत्ता मात्रै हो भनेर लामो छलफल भयो,’ ती नेताले भने, ’उहाँहरू छलफल र समीक्षाका लागि पनि सकारात्मक देखिनुभएको छ। बसेर आत्मसमीक्षा गर्दै जाऔंला भन्नुभएको छ। आजको कुराकानीबाट हामी सकारात्मक छौं।’
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच सोमबार पनि कुराकानी भएको थियो। बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपालसँग उनकै निवासमा कुराकानी भएको थियो। सोमबारको छलफलमा नयाँ गठबन्धनबारे आफूलाई थाहा नदिएको भन्दै नेपालले असन्तुष्टि राखेका थिए। वामपन्थी ध्रुवीकरणको कसरतमा लागेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली नेता नेपाललाई फकाउन मंगलबार कोटेश्वर नै पुगेका हुन्। पार्टी विभाजनपछि अध्यक्ष ओली पहिलो पटक नेपाल निवास पुगेका हुन्। ओलीले सोमबार साँझ पनि अध्यक्ष नेपाललाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव गरेका थिए।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












