एकीकृत समाजवादीको बैठकमा आज सत्ता गठबन्धनको प्रस्तावबारे छलफल गरिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बुधबार बस्दैछ। नयाँ सत्ता गठबन्धनको सत्ता सहकार्यको प्रस्तावबारे छलफल गर्न बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाइएको पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए।
प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई नयाँ गठबन्धनले मिलेर जान प्रस्ताव गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ माधवकुमार नेपाललाई निवासमै भेटेर औपचारिक प्रस्ताव गरेका छन्।
अध्यक्ष नेपाल निवास कोटेश्वरमा भएको छलफल सकारात्मक भएको एकीकृत समाजवादीका महासचिव भूसालले बताए। ‘प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव गर्नुभयो,’ महासचिव भूसालले सेतोपाटीसँग भने, ’प्रधानमन्त्रीले लामो पृष्ठभूमि जोड्दै घटनाक्रमबारे बताउनुभयो। हामीले भोलि बस्ने सचिवालय बैठकले निर्णय गर्ने कुरा बतायौं।’
नेपाल निवास कोटेश्वरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल र महासचिव भूसाल थिए। प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादीका उम्मेदवार चम्पादेवी कार्की पराजित भएदेखि नेपाली कांग्रेसको महासमिति बैठकले पैदा गरेको संशयसम्मका घटनाक्रमको पृष्ठभूमि बाँधेको बैठकमा सहभागी अर्का नेताले बताए।
‘यी सबै घटनाक्रमले संशय पैदा गरेपछि हामी छलफलमा थियौं। बाहिर कुरा चुहिन्छ कि भनेर डर थियो र तपाईंसँग छलफल हुन पाएन। अब सहकार्य गरेर जाऔं। हिजो गल्ती, कमीकमजोरीबारे बसेर समीक्षा गर्दै जाऔंला। अहिले चाहिँ मिलेर अघि बढौं,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का नेताले बताए।
मंगलबार साँझ साढे ६ बजेदेखि सुरू भएको बैठक दुई घन्टा चलेको थियो। बैठकमा एमाले अध्यक्ष ओली लचिलो रूपमा प्रस्तुत भएको र विगतका कमजोरीप्रति समीक्षा गर्न तयार रहेको आफूहरूले बुझेको ती नेताले बताए। उनका अनुसार मंगलबारको भेटपछि अध्यक्ष नेपाल पनि निकै सकारात्मक छन्। आज बिहान ११ बजे बस्ने सचिवालय बैठकले गठबन्धनमा सहभागी हुने निर्णय गर्ने सम्भावना बढेको ती नेताले बताए।
‘विगतमा यस्ता गठबन्धन बनेका छन्। पार्टी एकता पनि भएकै हो। तर बीचमै दुर्घटित भएर तितरवितर हुनुप¥यो। अहिलेको गठबन्धनको यात्रा कहाँसम्म हो, यसको राजनीतिक, वैचारिक कुनै बाटो छ कि, सत्ता मात्रै हो भनेर लामो छलफल भयो,’ ती नेताले भने, ’उहाँहरू छलफल र समीक्षाका लागि पनि सकारात्मक देखिनुभएको छ। बसेर आत्मसमीक्षा गर्दै जाऔंला भन्नुभएको छ। आजको कुराकानीबाट हामी सकारात्मक छौं।’
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच सोमबार पनि कुराकानी भएको थियो। बिरामी भएर स्वास्थ्य लाभ गरिरहेका अध्यक्ष नेपालसँग उनकै निवासमा कुराकानी भएको थियो। सोमबारको छलफलमा नयाँ गठबन्धनबारे आफूलाई थाहा नदिएको भन्दै नेपालले असन्तुष्टि राखेका थिए। वामपन्थी ध्रुवीकरणको कसरतमा लागेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली नेता नेपाललाई फकाउन मंगलबार कोटेश्वर नै पुगेका हुन्। पार्टी विभाजनपछि अध्यक्ष ओली पहिलो पटक नेपाल निवास पुगेका हुन्। ओलीले सोमबार साँझ पनि अध्यक्ष नेपाललाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव गरेका थिए।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












