आजको राशिफल : २०८० साल फागुन ३० गते बुधवार
मेष: प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ।काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। व्यापार बढ्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ।
वृष : लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ।अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य(चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।
मिथुन : गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
कर्कट: अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ– सहयोग प्राप्त हुनेछ। व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ।फाइदाको पछि लाग्दा नाम बिग्रन सक्छ। तापनि, गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ।
सिंह: सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला। बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ। व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ। गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।
कन्या: आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ।खर्चिलो काम थाल्नाले व्यवहारमा समस्या पर्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।
तुला; समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। सानातिना काममै अलमल हुनेछ।भेटघाट र खानपानमा अलमलिनुपर्दा समय बित्नेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।
वृश्चिक: बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। आफन्तबाटै टाढिनुपर्ने हुन सक्छ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। केही पाउन अर्को वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।
धनु: आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। जिम्मेवारी समेत बढ्नेछ। तर हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा फाइदा भइरहनेछ। अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ।
मकर :पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।
कुम्भ :परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्। काम रोकिनाले मन खिन्न रहनेछ। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ। पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।
मीन: चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ।परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












