आजको रशिफल: २०८० साल चैत ३ गते शनिवार
मेष:आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। कामको जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्य धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
वृष: सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। व्यवसायमा मनग्य धनलाभ हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मिथुन: पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजुल खर्च बढ्नेछ। रकम जोहो गर्न निकै दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्ने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
कर्कट: विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिका लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। तर आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। केही रकम हातलागी भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। अवसरवादीहरूबाट सजग रहनुहोला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ।
सिंह: विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर दाम र प्रतिष्ठा कमाउने बेला छ।मिहिनेतले जिम्मेवारी दिलाउनेछ। राम्रो कर्मफलले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या: समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला: स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। लेनदेनले वादविवाद निम्त्याउन सक्छ।
वृश्चिक: प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। केही अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल योजना पूरा नहुन सक्छ।
धनु: नयाँ अवसर प्राप्त हुने समय छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ।
मकर: श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
कुम्भ:स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउलान्। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बलजफ्ती गर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ।
मीन : प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
Comments
अरु समाचार
-
काठमाडौं आईपुगे सोनु निगम
काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम...
-
पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने
काठमाडौं । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’...
-
सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले...
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
संविधान संशोधन गर्न कार्यदलले आन्तरिक रूपमा काम गर्दैछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका...
-
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
काठमाडौं । के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन...
-
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन
काठमाडौं । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला...
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
काठमाडौं । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति,...
-
मौसम बदली : बादलले ढाके पनि वर्षा कम, आजदेखि सुधार हुने
काठमाडौँ : नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ ।पश्चिम...