तिब्बतीयन समाजको परम्परागत इतिहास बोकेको चलचित्र ‘सङ अफ तिब्बत’ काठमाडौंमा प्रदर्शित (फोटोसहित)
काठमाडौं । प्रोफेसर से फेइद्वारा निर्देशित चलचित्र ‘सङ अफ तिब्बत’ काठमाडौंमा प्रदर्शित गरिएको छ । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा उक्त चलचित्र दर्शकमाझ देखाइएको हो ।
कार्यक्रममा चलचित्र निर्देशक से फेइ, कन्फुसियश कलेजका प्रोफेसर, विद्यार्थी, बुद्धिजीवी, कलाकार,पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो सत्रमा चलचित्र ‘सङ अफ तिब्बत’ प्रर्दशन गरिएको थियो । दोस्रो सत्रमा चलत्रिका सम्बन्धमा निर्देशक से फेइले प्रष्ट पारेका थिए ।
‘सङ अफ तिब्बत’मा तिब्बती महिला येशे डोल्माको प्रेम कथा, तीन पुरुषसँगको रोमान्स र उनको सम्पूर्ण जीवनलाई प्रस्तुत गरेर तिब्बती इतिहासको अन्तिम शताब्दीलाई देखाइएको छ । अभिनेता र अभिनेत्रीहरू सबै तिब्बती राष्ट्रियताका हुन् ।
‘सङ अफ तिब्बत ‘चलचित्र सन् २००० निर्माण भएको से फेइको अन्तिम तथा ऐतिहासिक महत्व बोकेको चलचित्र हो । यो चलचित्रको निर्माणपछि उनले दुईवटा नाटक श्रृंखला उत्पादन गरेका थिए। से फेइको ५० वर्षको चलचित्रको इतिहासमा ‘सङ अफ तिब्बत’ सवैभन्दा राम्रो चलचित्रका रुपमा लिइन्छ ।
‘सङ अफ तिब्बत’ मा के छ ?
यस चलचित्रमा सन् ६० र ७० को दशकमा भएको सांस्कृतिक क्रान्ति समेटिएको छ । यसमा तिब्बती महिला र तिनको जीवनमा पुरुषहरूको जीवनलाई समेटिएको छ।
चलचित्रको दृश्यअनुसार एक वृद्ध दम्पती ल्हासास्थित पोताला दरबारको छायाँमा बस्छन् । तिनीहरूको शिक्षित नातिनी तिनीहरूलाई भेट्न आउँछिन् । समयको दौडान हजुरआमाले तिनलाई आफ्नो जीवनका तीन जना पुरुषहरूको बारेमा बताउँछिन् ।
यो चलचित्र सुन्दर तरिकाले लेखिएको, अभिनय र निर्देशन गरिएको छ । यसमा सबै तिब्बती कलाकारहरू छन्। राजनीति पृष्ठभूमिमा छ र एक साधारण महिलाको जीवन र प्रेम अगाडि छ। अतः यो चलचित्रमा तिब्बतीयनको परम्परागत ग्रामिण जीवनशैली, सामान्ती प्रथा, प्रेम जीवन, महिलाको संघर्षको कथा लगायत समेटिएकोले एकपल्ट हेरेपछि स्मरण गरिरहन योग्य छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












