हामी संकटमा छैनौँ, निराशा बाँड्ने काम बन्द गरौँ : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन्।
नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए ।
एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ रेकर्ड कायम हुनुले आगामी दिनमा नेपाली अर्थतन्त्रको भविष्य राम्रो रहेको संकेत दिने उनको भनाइ थियो । ‘गत वर्ष सात महिनाका लागि मात्र धान्ने विदेशी मुद्राको सञ्चिति हुँदा श्रीलंका हुन्छ भनिएको थियो। सरकार सञ्चालन गरिरहेको राजनीतिक नेतृत्वले त्यतिवेला हामी श्रीलंकाको बाटोमा छैनौँ भनेर आस्वस्त पारेको थियो,’ पुनले भने, ‘बैंकिङ तरलता बढेर बैंकहरू लगानीको क्षेत्र खोजिरहेका छन् ।’
यद्यपि, अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनले स्वीकार गरे । विकसित भनिएका र नेपालभन्दा विकास र अर्थतन्त्रमा धेरै अगाडि बढिसकेका संसारका कुनै पनि मुलुक समस्यारहित नरहेको चर्चा गर्दै पुनले नेतृत्वले संकटकै समयमा आफ्नो क्षमता र आत्मविश्वास देखाउनुपर्ने उल्लेख गरे । पूर्ववर्ती अर्थमन्त्रीहरूबारे नकारात्मक टिप्पणी नगर्ने बताएका मन्त्री पुनले उनीहरूले अघि सारेका राम्रा र सकारात्मक नीतिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
फरक प्रसंगमा उनले पछिल्लो समय धितोपत्र बजारमा सकारात्मक संकेत देखिएको बताए । मन्त्री पुनले ६० लाख जनसंख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेको जनाए । विगतमा अर्थतन्त्र संकटमा रहेका वेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको जानकारी मन्त्री पुनले दिए ।
नेपालमा चर्चाका लागि धेरै सकारात्मक विषय भए पनि नकारात्मक पक्षबारे मात्र बढी चर्चा हुने गरेको टिप्पणी उनले गरे । नेपाल मानव विकास सूचकांकमा विश्वका कतिपय विकसित मुलुकको हाराहारी र दक्षिण एसियामा सबैभन्दा अगाडि भएको विश्वव्यापी रिपोर्ट सार्वजनिक भइरहँदा पनि नेपालमा केही छैन, केही हुँदैन भन्ने हल्ला गरिनु दुःख रहेको बताए । ‘राम्रोलाई राम्रो भनेर बाँकी सुधारमा लाग्नुपर्नेमा निराशा बाँड्ने काम धेरै भयो,’ पुनले भने । यद्यपि, राजनीति, राजनीतिज्ञ, कर्मचारीतन्त्र, न्यायालय तथा सामाजिक जीवनका अरू क्षेत्रहरूले आफूबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने मन्त्री पुनले बताए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












