कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन
काठमाडौं । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ भेटी संकलन भएको बताए। जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम संकलन भएको हो ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट ५४ हजार नौ सय रुपैयाँ, बोकाबाट एक लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट सात हजार दुई सय रुपैयाँ प्राप्त भएको छ ।
साथै राँगाबाट दुई हजार रुपैयाँ, भाडा तीन लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५ रुपैयाँ, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्ध नौ सय रुपैयाँ, पण्डितबाट १२ हजार दुई सय रुपैयाँ संकलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।
यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० रुपैयाँ खर्च भएको छ । फागुनमा सात लाख ७४ हजार छ सय ४५ रुपैयाँ बचत भएको समितिले जनाएको छ । यस्तै तलब तीन लाख ९७ हजार आठ सय रुपैयाँ, विद्युत् महसुल ५२ हजार आठ सय रुपैयाँ, अतिथि सत्कारमा ६७ हजार रुपैयाँ खर्च भएको छ ।
साथै आर्थिक सहयोग १५ हजार रुपैयाँ, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार रुपैयाँ, पोसाक तथा छपाइमा २१ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ५४ हजार रुपैयाँ, विज्ञापनमा तीन हजार रुपैयाँ र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय रुपैयाँ खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँ मेला आयोजना गर्दै आएको छ । यस पटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ पहल ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












