कालिका मन्दिरमा फागुनमा ३५ लाख भेटी संकलन
काठमाडौं । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा ३५ लाख रुपैयाँ भेटी संकलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा ३५ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ भेटी संकलन भएको बताए। जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम संकलन भएको हो ।
फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद १९ लाख ८१ हजार एक सय रुपैयाँ, चामल बिक्रीबाट ५४ हजार नौ सय रुपैयाँ, बोकाबाट एक लाख ३० हजार छ सय रुपैयाँ, कुखुराबाट सात हजार दुई सय रुपैयाँ प्राप्त भएको छ ।
साथै राँगाबाट दुई हजार रुपैयाँ, भाडा तीन लाख १४ हजार चार सय रुपैयाँ, विवाहबाट १० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग तीन लाख ४२ हजार चार सय ८५ रुपैयाँ, परेवा बिक्रीबाट छ लाख ५५ हजार दुई सय ५० रुपैयाँ, व्रतबन्ध नौ सय रुपैयाँ, पण्डितबाट १२ हजार दुई सय रुपैयाँ संकलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताए ।
यस्तै फागुनमा २७ लाख ३६ हजार आठ सय ९० रुपैयाँ खर्च भएको छ । फागुनमा सात लाख ७४ हजार छ सय ४५ रुपैयाँ बचत भएको समितिले जनाएको छ । यस्तै तलब तीन लाख ९७ हजार आठ सय रुपैयाँ, विद्युत् महसुल ५२ हजार आठ सय रुपैयाँ, अतिथि सत्कारमा ६७ हजार रुपैयाँ खर्च भएको छ ।
साथै आर्थिक सहयोग १५ हजार रुपैयाँ, पूर्वाधार विकास तथा निर्माणमा २१ लाख छ हजार रुपैयाँ, पोसाक तथा छपाइमा २१ हजार रुपैयाँ, खाद्यान्न तथा आवासमा ५४ हजार रुपैयाँ, विज्ञापनमा तीन हजार रुपैयाँ र सांस्कृतिक कार्यक्रम तथा भजनमा १६ हजार नौ सय रुपैयाँ खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँ मेला आयोजना गर्दै आएको छ । यस पटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताए
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












