राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्धन्द्धको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन्।
आगामी आर्थिक वर्ष २०८१ र ८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘अनुगमन मुल्याङ्कन विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनप्रति छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘प्रस्तावलाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवलायले जनाएको छ ।
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












