हमास र युद्धका लागि प्यालेस्टिनी समर्थन उच्च– सर्वेक्षण
रमल्लाह । गाजा क्षेत्र र प्यालेस्टिनी प्राधिकरण ९पिए० मा बस्ने प्यालेस्टिनीबीच बुधबार जारी गरिएको एक सर्वेक्षणमा युद्धका बावजुद हमासका लागि लोकप्रिय समर्थन उच्च रहेको पाइएको छ । रमल्लाहस्थित प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत प्यालेस्टिनीले अक्टोबर ७ मा हमासले इजराइलमा गरेको आक्रमणलाई समर्थन गरेका छन् । यो धारणा पिए र गाजा क्षेत्रमा समान रहेको पाइएको छ ।
सर्वेक्षणमा हमाससँग प्यालिस्टिनी समर्थन ९पिएमा ७५ प्रतिशत र ६२ प्रतिशत गाजामा० ७० प्रतिशतमा स्थिर रहेको पाइएको छ । हमासका नेता याह्य सिनवारलाई ९६८ प्रतिशत पिएमा र ५२ प्रतिशत गाजामा० ६१ प्रतिशतले समर्थन गरेका छन् । सर्वेक्षणमा फतहप्रतिको सन्तुष्टि धेरै कम २७ प्रतिशत र पिएका राष्ट्रपति महमुद अब्बासको पक्षमा १४ प्रतिशत रहेको देखिएको छ ।
डिसेम्बरमा भएको सर्वेक्षणको तुलनाना गाजामा हमासको समर्थन १० प्रतिशतले बढेको छ भने पिएमा १० प्रतिशतले घटेको छ । युद्धपछि गाजाको नियन्त्रण कसले गर्नुपर्छ भन्ने प्रश्नमा९६४ प्रतिशत पीएमा र ५२ प्रतिशत गाजामा० ५९ प्रतिशतले हमासलाई रुचाएका थिए । तेह्र प्रतिशतले अब्बासबिनाको पिए छनोट गरेका छन् भने ११ प्रतिशतले अब्बाससहितको पिए छनोट गरेका छन्् । यसबाहेक तीन प्रतिशतले एक वा बढी अरब देश, एक प्रतिशतले संयुक्त राष्ट्रसङ्घ र एक प्रतिशतले इजराइली सेनालाई रोजेका थिए ।
सर्वेक्षणमा प्यालेस्टिनीहरूलाई अमेरिका र उदार अरब राज्यहरूले पिए संस्थालाई सुदृढ गर्ने, दुई राज्यबीच शान्तिवार्ता पुनःस्थापित गर्ने र इजराइल तथा अरबबीचको सम्बन्ध सामान्य बनाउनकालागि योजना विकास गर्ने विचारको बारेमा पनि सोधिएको थियो । यो विचारलाई ७३ प्रतिशतले विरोध गरेका थिए । सर्वेक्षणमा महमुद अब्बासको अनुमोदन मूल्याङ्कन निराशाजनकरूपमा कम रह्यो । एकासी प्रतिशतले उहाँको नेतृत्वसँग असन्तुष्टि जनाए भने ८४ प्रतिशतले उहाँको राजीनामा माग गरे ।
अब्बासको सट्टामा राष्ट्रपतिकारूपमा हेर्न रुचाउने व्यक्तिलाई छान्न भन्दा ४० प्रतिशतले कारागारमा रहेका मारवान बरघोतीलाई, १९ प्रतिशतले हमासका नेता इस्लामाइल हानियालाई र १० प्रतिशतले हमासका गाजा नेता याह्या सिनवरलाई समर्थन गरेका छन् भने १८ प्रतिशतले कसैलाई समर्थन गरेनन्। बाँकी उत्तरदाताले पिएका नागरिक मामिलामन्त्री हुसेन अल–शेख, हाल निर्वासनमा रहेका मोहम्मद दहलान, हमासका वरिष्ठ नेता खालेद मसाल र पूर्व पिए प्रधानमन्त्री मोहम्मद श्तायेहलाई रुचाएका थिए । पिएमा ८३० र गाजा क्षेत्रमा ७५० गरी प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले एक हजार ५८० व्यक्तिलाई प्रश्न गरेको थियो ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












