हमास र युद्धका लागि प्यालेस्टिनी समर्थन उच्च– सर्वेक्षण
रमल्लाह । गाजा क्षेत्र र प्यालेस्टिनी प्राधिकरण ९पिए० मा बस्ने प्यालेस्टिनीबीच बुधबार जारी गरिएको एक सर्वेक्षणमा युद्धका बावजुद हमासका लागि लोकप्रिय समर्थन उच्च रहेको पाइएको छ । रमल्लाहस्थित प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले गरेको सर्वेक्षणअनुसार ७१ प्रतिशत प्यालेस्टिनीले अक्टोबर ७ मा हमासले इजराइलमा गरेको आक्रमणलाई समर्थन गरेका छन् । यो धारणा पिए र गाजा क्षेत्रमा समान रहेको पाइएको छ ।
सर्वेक्षणमा हमाससँग प्यालिस्टिनी समर्थन ९पिएमा ७५ प्रतिशत र ६२ प्रतिशत गाजामा० ७० प्रतिशतमा स्थिर रहेको पाइएको छ । हमासका नेता याह्य सिनवारलाई ९६८ प्रतिशत पिएमा र ५२ प्रतिशत गाजामा० ६१ प्रतिशतले समर्थन गरेका छन् । सर्वेक्षणमा फतहप्रतिको सन्तुष्टि धेरै कम २७ प्रतिशत र पिएका राष्ट्रपति महमुद अब्बासको पक्षमा १४ प्रतिशत रहेको देखिएको छ ।
डिसेम्बरमा भएको सर्वेक्षणको तुलनाना गाजामा हमासको समर्थन १० प्रतिशतले बढेको छ भने पिएमा १० प्रतिशतले घटेको छ । युद्धपछि गाजाको नियन्त्रण कसले गर्नुपर्छ भन्ने प्रश्नमा९६४ प्रतिशत पीएमा र ५२ प्रतिशत गाजामा० ५९ प्रतिशतले हमासलाई रुचाएका थिए । तेह्र प्रतिशतले अब्बासबिनाको पिए छनोट गरेका छन् भने ११ प्रतिशतले अब्बाससहितको पिए छनोट गरेका छन्् । यसबाहेक तीन प्रतिशतले एक वा बढी अरब देश, एक प्रतिशतले संयुक्त राष्ट्रसङ्घ र एक प्रतिशतले इजराइली सेनालाई रोजेका थिए ।
सर्वेक्षणमा प्यालेस्टिनीहरूलाई अमेरिका र उदार अरब राज्यहरूले पिए संस्थालाई सुदृढ गर्ने, दुई राज्यबीच शान्तिवार्ता पुनःस्थापित गर्ने र इजराइल तथा अरबबीचको सम्बन्ध सामान्य बनाउनकालागि योजना विकास गर्ने विचारको बारेमा पनि सोधिएको थियो । यो विचारलाई ७३ प्रतिशतले विरोध गरेका थिए । सर्वेक्षणमा महमुद अब्बासको अनुमोदन मूल्याङ्कन निराशाजनकरूपमा कम रह्यो । एकासी प्रतिशतले उहाँको नेतृत्वसँग असन्तुष्टि जनाए भने ८४ प्रतिशतले उहाँको राजीनामा माग गरे ।
अब्बासको सट्टामा राष्ट्रपतिकारूपमा हेर्न रुचाउने व्यक्तिलाई छान्न भन्दा ४० प्रतिशतले कारागारमा रहेका मारवान बरघोतीलाई, १९ प्रतिशतले हमासका नेता इस्लामाइल हानियालाई र १० प्रतिशतले हमासका गाजा नेता याह्या सिनवरलाई समर्थन गरेका छन् भने १८ प्रतिशतले कसैलाई समर्थन गरेनन्। बाँकी उत्तरदाताले पिएका नागरिक मामिलामन्त्री हुसेन अल–शेख, हाल निर्वासनमा रहेका मोहम्मद दहलान, हमासका वरिष्ठ नेता खालेद मसाल र पूर्व पिए प्रधानमन्त्री मोहम्मद श्तायेहलाई रुचाएका थिए । पिएमा ८३० र गाजा क्षेत्रमा ७५० गरी प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्वे रिसर्चले एक हजार ५८० व्यक्तिलाई प्रश्न गरेको थियो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












