मूल्यवृद्धिको दर घटेपनि घटेन सामानको मूल्य, उपभोक्ता मारमा
काठमाडौं । नेपाल राष्ट्र ब्याङ्कले प्रकाशित गरेको एउटा नयाँ प्रतिवेदनका अनुसार फागुन महिनाको ‘वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति’ पाँच प्रतिशतभन्दा कम देखिन्छ। त्यसको सामान्य अर्थ हो-उपभोक्ताले प्रयोग गर्ने आधारभूत वस्तुहरूको मूल्यवृद्धि गत वर्षको फागुन महिनाका तुलनामा यसपालि कम देखिन्छ।
यस्तो मूल्यवृद्धि गत फागुनमा ७.४४ प्रतिशत थियो तर यो वर्षको फागुनमा ४.८४ प्रतिशत मात्र छ। त्यसलाई आधार मानेर नेपालमा मूल्यवृद्धिदर गत वर्षभन्दा घटेको भन्न सकिने जानकारहरू बताउँछन्। यद्यपि उपभोक्ताहरू भने भाउ अचाक्ली बढेको र मूल्यवृद्धि कम नभएकोू गुनासो गरिरहेका छन्। उनीहरूका भनाइमा दैनिक उपभोग्य वस्तुको भाउ कम भएको महसुस गर्न सकिएको छैन। सरकारी तथ्याङ्क र उपभोक्ताको अनुभवमा किन बेमेल छ भन्ने प्रश्नमा विज्ञहरूले विभिन्न कारण औँल्याएका छन्।
राष्ट्र ब्याङ्कका अनुसार फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत छ। उक्त महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको भाउ सबैभन्दा धेरै बढेको छ।त्यस्ता वस्तुको भाउ २८.१७ प्रतिशत बढ्दा तरकारीको मूल्य १४.०७ प्रतिशतले र दाल तथा गेडागुडीको भाउ ११.२२ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले भाउ बढेको देखिन्छ। तर उक्त अवधिमा घिउ तथा तेल मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको राष्ट्र ब्याङ्कको प्रतिवेदनमा उल्लेख छ। उक्त अवधिमा सेवा क्षेत्रमा यातायातको मूल्यवृद्धि १.१५ प्रतिशतले कम भएको विवरण पनि त्यसमा छ। अन्य किसिमका सेवाको भाउ भने बढेको बीबीसीको रिर्पोटमा उल्लेख छ।
उपभोक्ता मूल्यवृद्धि काठमाण्डू उपत्यकामा ४.८८ प्रतिशत, तराईमा ४.४२ प्रतिशत, पहाडमा ५.४९ प्रतिशत र हिमालमा ४.४२ प्रतिशत देखिएको छ। गत वर्ष फागुनमा भने उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत थियो। गत वर्षका तुलनामा कतिपय वस्तु र सेवाको मूल्यवृद्धिदर कम भएकाले औसत मूल्यवृद्धिदर पनि पोहोरभन्दा कम देखिएको जानकारहरू बताउँछन्।
औसतमा गत वर्षको तुलनामा फागुन महिनामा मूल्यवृद्धिदर कम देखिए पनि उपभोक्ताले त्यस्तो अनुभव नगरेको एकजना उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन्। ‘मूल्यवृद्धि त दोहोरो अङ्कमै होला बजारको अनुभवले त त्यस्तै देखाउँछ तर कसरी पाँच प्रतिशत हाराहारी मात्र भएको विवरण आयो ? उनले भने।
‘राष्ट्र ब्याङ्कका विवरणहरू प्रमाणजन्य छैनन् भन्ने यसले देखाउँछ।’ उनी बजारको यथार्थ विवरण आउनेगरी राष्ट्र ब्याङ्कले मूल्यबारे अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन्। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गर्ने मूल्यवृद्धिको विधि बनाउने क्रममा संलग्न रहेका राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार त्यसका विभिन्न कारणहरू रहेका छन्।
उनी अहिले पनि राष्ट्र ब्याङ्कले करिब १० वर्षअघि तय गरेका आधारहरूअन्तर्गत मूल्य सङ्कलन र विश्लेषण गर्ने गरेको बताउँछन्।’दश वर्षअघि र अहिले परिस्थिति परिवर्तन भइसकेकाले वस्तु तथा सेवालाई दिइएको मूल्यभार परिमार्जन नगर्दा पनि यस्तो भएको हुन सक्छ,’ उनी भन्छन्।
त्यस्तै बजार केन्द्रहरू पनि १० वर्षअघि तोकिएका क्षेत्रहरू नै अहिलेसम्म कायम छन्। त्यसको असर पनि मूल्यवृद्धिसम्बन्धी तथ्याङ्कमा पर्न सक्छ। उनका अनुसार राष्ट्र ब्याङ्कले समयसमयमा पारिवारिक बजेट सर्वेक्षण गर्ने गर्छ। त्यसका आधारमा कुनै पनि परिवारले गर्ने खर्चहरूको प्रतिशत निकालिन्छ र त्यसको औसतलाई नेपालका परिवारले गर्ने औसत खर्च मानिन्छ। त्यसै आधारमा वस्तु तथा सेवाको मूल्यभार तय हुन्छ। त्यो समय र अवस्थाअनुसार परिवर्तन भइरहन सक्छ। तर मूल्यवृद्धिको विवरण लिँदा र त्यसको विश्लेषण गर्दा विगत १० वर्षदेखि राष्ट्र ब्याङ्कले अघिल्लो सर्वेक्षणलाई नै आधार मान्ने गरेको छ।
उनी भन्छन्, ‘त्यसो भन्दैमा हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विवरण निकाल्दैनौँ भन्ने होइन। त्यो अन्तर्राष्ट्रिय अभ्यासअनुसारकै हुन्छ र विश्वसनीय पनि हुन्छ।’ तर त्यस्ता आधारहरू चाँडै परिमार्जन गर्नुपर्नेमा नेपालमा ढिलो भएको उनी बताउँछन्। अर्को कारण भनेको राष्ट्र ब्याङ्कले औसत मूल्य निकाल्दा ‘सबै किसिमको भाउलाई एउटै डालोमाू राखेर हेर्ने गर्छ। त्यसले गर्दा एकदमै धेरै बढेको र न्यून बढेको समेत राखेर औसत निकाल्दा मृल्यवृद्धि कम देखिन्छ।
उनी भन्छन्, ‘अब अहिले पनि औसत मूल्यवृद्धि ५ प्रतिशतभन्दा कम छ तर तरकारीको १४ र गेडागुडीको ११ प्रतिशतभन्दा बढी छ। त्यो भनेको प्रत्यक्ष रूपमा उपभोक्तालाई दैनिक जीवनमा किन्नुपर्ने वस्तुको भाउ त औसतसँग तुलना गरेर भएन।ू उनका भनाइ उपभोक्ताले अनुभव गरेको मूल्यवृद्धि पनि गलत नभएको बताउँछन्।’सबैभन्दा धेरै खपत हुने वस्तुको भाउ त दोहोरो अङ्कमै बढिरहेको छ नि, त्यसैले औसतलाई मात्र हेरेर भाउ कम भयो भन्न मिल्दैन, कसलाई कुन चिजको भाउले कति असर पर्छ भन्ने हेरेर विश्लेषण गर्नुपर्छ,’ उनले भने।
राष्ट्र ब्याङ्कले देशका विभिन्न ६० वटा केन्द्रहरूबाट नियमित रूपमा मूल्य सङ्कलन गर्ने गर्छ। त्यस्ता केन्द्रहरू ग्रामीण र सहरी तथा भूगोलका आधारमा पनि मिलाएर तय गरिएको राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको विधिमा उल्लेख छ। त्यस्ता स्थानबाट कुल ४९६ वटा वस्तु तथा सेवाको मूल्य सङ्कलन हुने गर्छ। तीमध्ये ४०२ वटा वस्तु हुन् भने ९२ वटा सेवा हुन्। नेपालको कुनै पनि घरपरिवारले औसतमा गर्ने खर्चका आधारमा ती वस्तु तथा सेवाहरूको भार तोकिएको हुन्छ।
सोही भारका आधारमा नयाँ सङ्कलित मूल्यलाई राखेर तुलनात्मक विश्लेषण गरिने र कुन वस्तुमा कति प्रतिशत मूल्य बढ्यो भनेर निकालिने अधिकारीहरू बताउँछन्। राष्ट्र ब्याङ्कले सुरुमा विसं २०१४ सालदेखि काठमाण्डू उपत्यकामा १५ वटा वस्तुको मूल्य सङ्कलन गरेर पाक्षिक रूपमा प्रकाशित गर्न थालेको थियो।
विसं २०१९ सालदेखि तराई र २०२० सालदेखि पहाडमा पनि त्यस्तो मूल्य सङ्कलन र प्रकाशन थालियो। तर त्यस बेला अहिलेको जस्तो वस्तु तथा सेवाको भार तोकेर त्यसका आधारमा मूल्य निकालिँदैन थियो। आर्थिक वर्ष २०२९र३० मा पहिलो पारिवारिक बजेट सर्वेक्षण गरेर वस्तु तथा सेवाको भारको आधारमा मूल्य प्रकाशन गर्ने थालेको राष्ट्र ब्याङ्कले हालसम्म पाँचवटा त्यस्ता सर्वेक्षण गरिसकेको छ। प्रत्येक १० वर्षमा हुने त्यस्तो सर्वेक्षणलाई पाँच(पाँच वर्षमा गर्नुपर्ने माग पनि उठ्दै आएको छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












