सिँचाइ अभावले चैते धानखेती सङ्कटमा
काठमाडौं । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यान्वयन इकाइ सर्लाही र रौतहटका वरिष्ठ बाली विकास अधिकृत रामबलम प्रसाद साहका अनुसार हाल जिल्लाको हरिपुर्वा, ईश्वरपुर, लालबन्दी, गोडैता, कविलासी नगरपालिका चक्रघट्ट गाउँपालिकालगायत क्षेत्रमा मात्र किसानले चैते धानखेती गर्दै आएका छन् ।
तथ्याङ्कअनुसार जिल्लामा ५० हेक्टर क्षेत्रमा मात्र चैते धानखेती हुने गरेको छ । हरिपुर्वा नगरपालिका–२ का विजय झाले सिँचाइको अभावमा यस वर्ष सात कट्ठा खेतमा मात्र चैते धान रोपेको बताउनुभयो । समयमा मलखाद नपाइनेलगायत समस्या सधैँ टाउको दुखाइको विषय बन्ने गरेको उहाँको भनाइ छ । सात कट्ठामा लगाएको चैते धानमा समेत पम्पसेटबाट पानी दिइने उहाँले बताउनुभयो । सिँचाइको उपयुक्त प्रबन्ध नभएका कारण यहाँका किसानले महँगोमा पम्पसेटबाट सिँचाइ गरेर खेती गर्दै आएका छन् ।
हरिपुर्वा–५ का दिनेश यादवले धान भित्र्याउने बेलामा बर्सातले दुःख दिने गरेको सुनाउनुभयो । ‘धान खेतका लागि मजदुर धेरै चाहिन्छन्’, उहाँले भन्नुभयो, ‘भन्ने बित्तिकै कामदार पाइँदैन । हावा पानीले दुःख उस्तै दिन्छ । मेसिनले धान काट्ने, धार्ने सुविधा भए किसानलाई सहयोग हुने थियो ।’ जोखिमले गर्दा किसानले चैते धान लगाउन छाडेको उहाँको भनाइ छ ।
जिल्लामा चैते धानका रुपमा हर्दिनाथ–१ र चैते–५ लगाउने चलन छ । गत माघ १५ गतेदेखि अन्तिमसम्म बीउ राखिने चैते धान फागुन १५ गतेदेखि रोप्न सुरु गरिने बाली विकास अधिकृत साहले बताउनुभयो । चैते धान चार महिनाभित्रै पाक्ने र उत्पादन समेत बढी हुने भएकाले प्रतिफल छोटो समयमा धेरै लिन सकिन्छ ।
किसानले चैते धान जेठदेखि भित्र्याउन थाल्छन् । यहाँ चैते धानका लागि मुख्य चुनौती सिँचाइ रहे पनि भित्र्याउने समयमा हुने वर्षा, असार मसान्तमा धानको मुल्य कम हुने समस्या तथा प्रचारप्रसारको समेत कमी हुँदा चैते धानखेती बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । खेती बढाउन सके चैते धानबाट किसानले प्रशस्त लाभ लिन सक्ने बाली विकास अधिकृत साहको भनाइ छ ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











