दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै
काठमाडौं । विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगौँडा–लिलाचोक खण्ड कालोपत्रको तयारी गरिएको छ । नगरपालिकाको हालसम्मकै ठूलो आयोजनाअन्तर्गत रहेको उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको छ ।
विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत उक्त मोटरमार्गको ७.१ किलोमिटर दूरी कालोपत्रका लागि बानियाँ निर्माण सेवा हेटौँडासँग सम्झौता गरिएको नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त ठेक्काको रकम रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ रहेको छ ।
भट्टराईले भन्नुभयो, ‘१५ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाको रुपमा छनोट गरेको थियो ।’ उहाँका अनुसार शुक्लागण्डकी–४ दुलेगौँडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ ।
उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । इजिनियर भट्टराईले भन्नुभयो, ‘उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ । अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।’ दुलेगौँडास्थित बिपीचोक, हेल्थपोष्ट चोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोप, कालोपत्रको दुवै छेउमा एकरएक मिटरको नाला निर्माण हुने उहाँले जानकारी दिनुभयो ।
शुक्लागण्डकी–४ दुलेगौँडाबाट वडा नं १२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । कच्ची सडकका कारण हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ ।
सडक कालोपत्र भएपछि सहज रुपमा आवतजावत गर्न सकिने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सडकलाई हामीले नगरको गौरवको आयोजनाको रुपमा राखेका छौँ । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई सहज रुपमा आवतजावत गर्न सहयोग पुग्नुका साथै आन्तरिक पर्यटकलाई लामागाउँसम्म जान समेत सजिलो हुनेछ ।’
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












