मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु
काठमाडैं । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ । रेडियोका अनुसार दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना वेपत्ता रहेका र पाँच जनालाई जिवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।
मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी गराउनुभयो । नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतङ्कित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुङ्गामा चढेका र दुर्घटनामा परेका बताउनुभएको छ ।
दुर्घटनामा परेको डुङ्गा धेरै मानिसहरू चढ्नको लागि नभई माछा मार्ने प्रयोजनको लागि तयार गरिएको भएता पनि हैजाको प्रकोपको बारेमा गलत सूचना आतङ्कका कारण उनीहरू हतारिएर निकै खचाखचरूपमा भरिएको उक्त डुङ्गामा चढेको नेटोले बताउनुभयो ।
दुर्घटनामा परी बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्दै दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरूले बहुक्षेत्रीय टोली गठन गरेका छन् ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











