जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै व्यूरोले जाति, सम्प्रदाय, समुदायबीचको सम्बन्धमा खलल् पार्ने कुनै पनि सामग्री सञ्जालमा प्रकाशन, प्रसारण तथा सेयर नगर्न आग्रह गरेको हो ।
कुनै जात, समुदाय, सम्प्रदाय लक्षित सामग्रीको प्रसारणले सामाजिक सद्भावमा खलल् पुग्ने, शान्तिपूर्ण वातावरण बिथोलिन सक्ने भएकाले जिम्मेवार नागरिकको भूमिका निभाउन प्रहरीले अनुरोध गरेको छ ।समुदाय लक्षित सामग्री कुनै पनि सामाजिक सञ्जालमा आए लाइक, कमेन्ट, ट्याग, तथा सेयर नगर्न पनि प्रहरीले आग्रह गरेको छ । यसरी आएको सामग्री लाइक, कमेन्ट तथा सेयर गर्दा झन् धेरै फैलिन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले सद्भाव बिथोल्ने खालका सामग्री देखेमा उक्त सञ्जालमा ‘रिपोर्ट’ गरेर हटाउन सक्ने सुविधा हुन्छ । ‘कानुनले प्रतिबन्ध गरेका विषय, शिष्टाचार विरुद्धका विषय, घृणा द्धेष फैलाउने सामग्रीहरू प्रकाशन गर्ने, लाइक गर्ने ट्याग गर्ने, कमेन्ट गर्ने र रिपोष्ट गर्ने गतिविधि बढेकाले यस व्यूरोको गम्भीर ध्यानकर्षण भएको छ’ व्यूरोले भनेको छ, ‘यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने अनुरोध गरिन्छ ।’ साइबर व्यूरोले विद्युतीय माध्यमको प्रयोग गरी सामाजिक सद्भाव बिथोल्ने काम गरेको पाइए विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गर्न सक्छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












