नेप्से परिसूचक झिनो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ ।
विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर रु तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ मूल्यमा कारोबार भएको छ । कारोबार भएकामध्ये आज एक सय २७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ । यस्तै, एक सय आठ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य नौ दशमलव ७२, डोल्टी पावर कम्पनी नौ दशमलव ३५, राप्ती हाइड्रोपावर नौ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत बढेको छ ।
आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । साथै हिमालयन बैंकको सामूहिक लगानी कोष चार दशमलव ४१, तेह्रथुम पावर कम्पनी चार दशमलव ३८, तारागाउँ रिजेन्सी होटल तीन दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य तीन दशमलव ९१ प्रतिशतले घटेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












