कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताउनुभएको छ । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि आज यहाँ आयोजित राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रियामा उहाँले समयमै कानुन निर्माण नगर्दा अन्योल र निराशाको अवस्था आउन दिन नहुने बताउनुभयो ।
अध्यक्ष दाहालले आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिनुभएको थियो ।
“अहिले कानुन निर्माणको आवश्यकता र यसको जुन गतिमा काम भइरहेको छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ संविधान निर्माण भइसकेपछि जुन गतिमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन, यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसदहरु गम्भीर हुनु जरुरी छ ।”
नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्वपूर्ण हुने भन्दै उहाँले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रम सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
कानुन निर्माणका विभिन्न चरणबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गर्नुभएको थियो । राष्ट्रिय सभाका समिति र निगरानीसम्बन्धी कार्यका बारेमा राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारी, सङ्घीयता, सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्ध तथा वित्तीय सङ्घीयताबारे राष्ट्रिय सभाका पूर्वसदस्य डा खिमलाल देवकोटाले प्रस्तुति दिनुभएको थियो ।
संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसद्मा प्रभावकारी भूमिकाको लागि महिला सांसदहरुको सशक्तिकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद् र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रियसभाका सदस्य दिलकुमारी रावल थापा पार्वतीले प्रस्तुति दिने कार्यक्रम छ ।
राष्ट्रियसभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे सभाका सचिव डा सुरेन्द्र अर्याल र सङ्घीय संसद् सचिवालय, साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












