आजको राशिफल: २०८१ वैशाख ६ गते बिहीवार
मेष:अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।बिहानको समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहोला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
वृष:आँटेको काम रोकिन सक्छ। आफ्ना काममा अरूको मुख ताक्ने बानीले पछि परिनेछ। कामको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। बिहानको समय लाभदायक रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दुस्ख पाइनेछ।
मिथुन: नोक्कासानीका साथै विवादमा फसिने डरले सताउनेछ। आजको मिहिनेतले भविष्यमा फाइदा दिलाउनेछ तर बलजफ्ती गर्ने बानीले केही काम बिग्रन सक्छ।बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। दिउँसोदेखि आत्मविश्वासको कमीले पछि परिनेछ।
कर्कट: दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। मिहिनेतले उपलब्धिको स्रोत प्राप्त हुनेछ। नाम र दाम बढ्नेछ।पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ।
सिंह:खानपानको आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्नेछ र नयाँ कार्य थालनी हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोतिर साथीभाइको आगमनले दिन रमाइलो बन्नेछ।
कन्या :दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। व्यावसायिक कामले खर्च बढाउनेछ। लाभ उठाउन हतार गर्दा पछि घाटा लाग्न सक्छ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
तुला: मेहनत गर्दा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ।
वृश्चिक: तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिउँसोदेखि कामको अवसर प्राप्त भए पनि अरूको दबाबमा परिने सम्भावना छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सावधान रहनुहोला।
धनु : स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। दिउँसोदेखि स्थिति अनुकूल बन्दै जानेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेत गर्दा नाम र दाम आर्जन गर्न सकिनेछ।
मकर : विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिउँसोदेखि केही व्यावहारिक बाधा देखापर्नेछन्। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। नियमित काम सम्पादन हुनेछन्।
कुम्भ:रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोतिर भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर परिस्थितिवश यात्रा रोकिन सक्छ। काम बिग्रनाले दोहोर्याएर प्रयास गर्नुपर्ला। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
मीन: नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। तर अधैर्य व्यवहार दर्साउँदा काम बिग्रन सक्छ। व्यर्थैमा अरूको आलोचना सहन गर्नुपर्ने समय छ, सजग रहनुहोला। केही खर्च पनि बढ्न सक्छ।मिहिनेत गर्दा समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...











