महालेखा परीक्षक रायको नियुक्ति र शपथ आज
काठमाडौं । महालेखा परीक्षकमा संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका तोयम रायले आज शपथ ग्रहण गर्दैछन्।
६ वर्षे कार्यकालका लागि नियुक्तिका लागि सिफारिस भएका रायको आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टाराईले जानकारी दिइन्। बुधबार सार्वजनिक बिदा भएकोले आज शपथ ग्रहणको कार्यक्रम राखिएको उनको भनाइ छ। महालेखा परीक्षकमा संसदीय सुनुवाइ समितिको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक बैकुण्ठबहादुर अधिकारीले आज महालेखा परीक्षकको पदभार ग्रहण हुने बताए।
गत मंगलबार संसदीय सुनवाइपछि रायलाई अनुमोदन गरेको थियो। संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो।
गत जेठ ९ गते महालेखा परीक्षक टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो।
Comments
अरु समाचार
-
विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ : प्रधानमन्त्री
काठमाडौँ, ७ मङ्सिर : प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास,...
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार बिहीबारको...
-
विद्युत् महसुल नतिर्ने छ सय ग्राहकको लाइन काटिँदै
बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण...
-
एमालेले दरबारमार्गमा आज जागरण सभा गर्दै
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह...
-
आजको राशिफल: २०८१ साल मंसिर ७ गते शुक्रवार
मेष:महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि...
-
अल्झनमा नलागेर जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिनुभएको...
-
इजरायली सेनाको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो
न्युयोर्क । इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा...
-
पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित
बागमती : बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै एक करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...