एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ ।
गएराति भएको खेलमा एम्बाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पीएसजीले घरेलु टोली लोरिएन्टमाथि ४-१ गोलअन्तरको जित निकालेको हो । जितसँगै पीएसजी लिग वानको उपाधि नजिक पुगेको छ ।
खेलको १९औँ मिनेटमा ओसमाने डेम्बेलेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ओसामानेले सेनी मायुलुको पासमा गोल गरेका थिए । त्यसपछि खेलको २२औँ मिनेटमा कप्तान एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारेका थिए । एम्बाप्पेले नुनो मेन्डेजको पासमा गोल गरेका हुन् ।
पहिलो हाफमा २-० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्दा १ गोल खान पुगेको थियो । खेलको ६०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । उनले एम्बाप्पेको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ७३औँ मिनेटमा लोरिएन्टका लागि मोहम्मद बाम्बाले गोल गर्दै खेल ३-१ को अवस्थामा ल्याए । तर, खेलको ९०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ४-१ को अग्रता दिलाएका थिए । उनले कोलो मुआनीको पासमा गोल गरेका थिए । बाँकी समयमा गोल हुन नसकेपछि खेल पीएसजीले ४-१ गोलअन्तरले जितेको हो ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीको ३० खेलबाट ६९ अंक भएको छ । र, दोस्रो स्थानमा रहेको मोनाकोलाई ११ अंकले पछि पारेको छ । मोनाकोको ३० खेलबाट ५८ अंक छ ।
लिगमा अब चार खेल बाँकी रहँदा पीएसजीलाई च्याम्पियन बन्न मात्रै एक जितको आवश्यकता छ । अब चारमध्ये एक खेलमा मात्रै जित हात पारे पनि पीएसजी लिग वानको च्याम्पियन बन्नेछ ।
पीएसजीसँग पराजित भएको लोरिएन्ट भने ३० खेलबाट २६ अंकका साथ लिगको १७औँ स्थानमा छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












