भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ।
टोली मंगलबार बिहान ९ बजे उड्ने तय थियो। तर, भिसा नभएको कारण टोली उड्न नपाएको हो। एक सदस्यका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालस्थित बेलायती दूतावाससँग ३५ जनाको भिसा प्रक्रियाका लागि आग्रह गरेको छ। तर, मंगलबार बिहानसम्म पनि भिसा नआएको ती पदाधिकारी बताए।
‘भिसा १०० प्रतिशत पाइन्छ भनेर हामीले टिकेटसम्म काटिसकेका थियौँ। तर, अहिलेसम्म भिसा नै आएन। त्यसैले टोली उड्न पाएको छैन। हामी भिसा आउँछ कि भनेर कुरेर बसेका छौँ,’ ती पदाधिकारीले भने। उनका अनुसार भिसा आए रातिसम्म भए पनि टोलीलाई त्यसतर्फ पठाउने एन्फाले तयारी गरेको छ।
नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक उत्तमराज भण्डारीका अनुसार टोली यतिखेर होटेल मै रहेका छन्। यद्यपि, उनले टोलीलाई २/३ समूहमा पठाउन लागिएको र ‘ट्रान्जिट’ पनि धेरै भएको नगएको बताए।
‘भिसाको समस्या होइन। तर, धेरै ट्रान्जिट पर्यो। त्यसरी धेरै ट्रान्जिट पारेर खेलाडी जान मान्दैन। हामी जाँदैनौँ र म पनि त्यसरी जान दिन्न,’ उनले भने, ‘अहिले नगएको हो। तर, एअरलाइन्सले सबैलाई एकै पटक पठाउने गरी र ट्रान्जिट कम पार्ने गरी टिकटको काम गरिरहेको छ।’
उनका अनुसार दोहा र दुबईमा ट्रान्जिट रहेको थियो। एन्फा प्रवक्ता सुरेश साहले पनि टोलीलाई एकै पटक पठाउन लागिएको बताए। ‘अलगअलग फ्लाइट भएको कारण मिलाउने प्रयास गरिएको हो। राति २ बजेको फ्लाइटमा पठाउने तयारी गरिरहेका छौँ, टोली जान्छ,’ उनले भने।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। यो टोलीले इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












