भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ।
टोली मंगलबार बिहान ९ बजे उड्ने तय थियो। तर, भिसा नभएको कारण टोली उड्न नपाएको हो। एक सदस्यका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालस्थित बेलायती दूतावाससँग ३५ जनाको भिसा प्रक्रियाका लागि आग्रह गरेको छ। तर, मंगलबार बिहानसम्म पनि भिसा नआएको ती पदाधिकारी बताए।
‘भिसा १०० प्रतिशत पाइन्छ भनेर हामीले टिकेटसम्म काटिसकेका थियौँ। तर, अहिलेसम्म भिसा नै आएन। त्यसैले टोली उड्न पाएको छैन। हामी भिसा आउँछ कि भनेर कुरेर बसेका छौँ,’ ती पदाधिकारीले भने। उनका अनुसार भिसा आए रातिसम्म भए पनि टोलीलाई त्यसतर्फ पठाउने एन्फाले तयारी गरेको छ।
नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक उत्तमराज भण्डारीका अनुसार टोली यतिखेर होटेल मै रहेका छन्। यद्यपि, उनले टोलीलाई २/३ समूहमा पठाउन लागिएको र ‘ट्रान्जिट’ पनि धेरै भएको नगएको बताए।
‘भिसाको समस्या होइन। तर, धेरै ट्रान्जिट पर्यो। त्यसरी धेरै ट्रान्जिट पारेर खेलाडी जान मान्दैन। हामी जाँदैनौँ र म पनि त्यसरी जान दिन्न,’ उनले भने, ‘अहिले नगएको हो। तर, एअरलाइन्सले सबैलाई एकै पटक पठाउने गरी र ट्रान्जिट कम पार्ने गरी टिकटको काम गरिरहेको छ।’
उनका अनुसार दोहा र दुबईमा ट्रान्जिट रहेको थियो। एन्फा प्रवक्ता सुरेश साहले पनि टोलीलाई एकै पटक पठाउन लागिएको बताए। ‘अलगअलग फ्लाइट भएको कारण मिलाउने प्रयास गरिएको हो। राति २ बजेको फ्लाइटमा पठाउने तयारी गरिरहेका छौँ, टोली जान्छ,’ उनले भने।
नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्न लागेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।
नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। यो टोलीले इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ।
दुई देशबीच हुने खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











