सरकारले उत्पादन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छः प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने भएको छ ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी गराएका हुन् ।
सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित विषलाई सम्बोधन गर्नेगरी बजेट बनाउन लागेको पनि उनले बताए । जनतामा व्याप्त निराशा चिर्दै भरोसा जनाउने मूल मन्त्रलाई बजेट र नीति तथा कार्यक्रममार्फत व्यवहारमा उतार्न सरकार लागिपरेको प्रधानमन्त्रीको भनाई छ ।
‘देश आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सङ्घारमा छ । यसपटकको नीति तथा कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने गृहकार्यमा सरकार जुटिरहेको छ’, उनले भने ।
त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले बेरोजगारी न्यूनीकरण गर्दै उत्पादकत्व अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रकारको कार्यक्रम ल्याइने पनि बताए । सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियन, निजी क्षेत्र लगायतको साथ रहने विश्वाससमेत उनले व्यक्त गरे ।
‘सत्ता साझेदार दलहरुको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित ‘निरासा चिर्दै, भरोसा जगाउँदै’ भन्ने मूल मन्त्रलाई व्यवहारिक रुपमा सम्बोधन गर्नेछ भन्नेमा सरकार प्रष्ट छ’, प्रधानमन्त्रीले विश्वास दिलाउँदै भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै रोजगारी अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्नेछ । तसर्थ, सरकारको प्राथमिकतालाई सबै राजनीतिक दल, ट्रेड युनियनहरु, निजी क्षेत्रलगायत सबैको साथ रहने मेरो विश्वास छ ।’
सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै उहाँले त्यसको सामना गर्दै अघि बढिरहेको पनि जानकारी गराए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












