उपयोगी ‘सिस्नु’: धेरै रोगको औषधी कसरी खाने ?
काठमाडाैँ । सिस्नुलाई अंग्रेजीमा ‘युटिका डिऐका’ स्टिङिङ नेटल भनिन्छ । किनभने यसमा हुने रौंदार काँडाको स्पर्शले बिच्छीले टोकेझैं छालामा पीडा हुन्छ । सिस्नु युरोपेली प्रजातिको वनस्पति हो, जुन भारतमा बेलायतले शासन गर्दा लगभग ८० वर्षअघि भित्रिएको थियो । भारतबाट नै यो नेपालमा भित्रिएको अनुमान गर्न सकिन्छ ।
नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार सिस्नु युरोपेली देशरुमा १५ औं शताब्दीतिर नै पाइएको थियो । १९ औं शताब्दीमा भने जर्मनी र अस्ट्रियामा कपडाको कच्चा पदार्थको रुपमा यसको खेती गरेको पाइएको छ ।
पहिले सिस्नुलाई गरिबको खान्कीको रुपमा लिइन्थ्यो । यो टिप्न गाह्रो र पकाउन पनि झन्झट हुने भएकाले मध्यम र उच्च वर्गको रोजाइमा पर्दैन थियो । तर अहिले सिस्नुको महत्त्व वैज्ञानिक रुपमा समेत पुष्टि हुन थालेको छ । त्यसैले पछिल्ला दिनमा सिस्नु धनीले पनि औषधि सम्झेर खोजी खोजी खान थालेका छन् ।
यसमा हुने मसिनो झुस फर्मिक अम्लले पोल्ने (जलन) वा हिस्टामाइनका कारण छाला सुन्निने गर्छ । त्यसैले सिस्नुले पोल्ने भएकाले पनि यसको सेवन कम भएको हो । तर पानीमा उमालेपछि ती तत्त्वहरू नास भएर जान्छन् । यसको सोही बेफाइदाको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।
सिस्नुमा भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक तत्त्व हुन्छ । यसमा भएको पोषक तत्त्व र औषधीय गुणले मानव स्वास्थ्यमा यसले अनेक फाइदा पुर्याउँछ ।
मधुमेहमा फाइदाजनक
टाइप २ मधुमेहमा सिस्नुको सेवन फाइदाजनक हुन्छ । यसमा ‘एन्टि–हाइपरग्लाइसेमिक’ एजेन्टहरू हुन्छन्, जसले ब्लड सुगरलाई नियन्त्रण गर्छ । बेलाबेलामा सिस्नुको सुप बनाउने, सिस्नुको धुलोलाई दालमा हालेर खाने वा तरकारीको रुपमा प्रयोग गर्नाले मधुमेह नियन्त्रण गर्न सकिन्छ ।
घाउ चोट छिटो निको पार्छ
सिस्नुमा हुने ‘हाइड्रोअल्कोहोलिक एक्स्ट्र्याक्ट’ले घाउ निको पार्न मद्दत गर्छ । यसमा एन्टि–इन्फ्लेमेटरी र एन्टि–ब्याक्टेरियल गुण पनि हुन्छ, जसले घाउहरू छिटो निको पार्नमा फाइदाजनक हुन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्छ
हिजोआज उच्च रक्तचापको समस्या सामान्य भइसकेको छ, यस्तो अवस्थामा पनि चिकित्सकको सल्लाह लिएर सिस्नुको सेवन गर्न सकिन्छ । सिस्नुमा पाइने एन्टि–हाइपरटेन्सिभ गुणहरूले रक्तचाप कम गर्न पनि मद्दत गर्छ । जसकारण उच्च रक्तचापको समस्यालाई कम गर्न सकिन्छ ।
पाचनसम्बन्धी समस्यामा पनि उपयोगी
सिस्नुले पेटको स्वास्थ्यलाई पनि कायम राख्न मद्दत गर्छ । यसले पाचन प्रक्रियालाई ठीकसँग काम गर्न मद्दत गर्छ । साथै गलत खाने बानीका कारण हुने एसिडिटीको समस्यालाई हटाउन पनि सिस्नु उपयोगी हुन्छ । यसमा पाइने एन्टी अल्सर गुणले अल्सरको समस्यालाई कम गर्न पनि मद्दत गर्छ ।
हाडजोर्नीको समस्याबाट जोगाउँछ
यसमा क्याल्सियम पनि हुन्छ, जसले हड्डीलाई मजबुत बनाउने र ओस्टियोपोरोसिस रोगको जोखिम कम गर्छ । सिस्नुले शरीरमा क्याल्सियमको क्षयलाई रोक्छ र हड्डीहरू खोक्रो हुनबाट रोक्छ । साथै जोर्नी दुख्ने समस्याबाट राहत पाउन पनि सिस्नुको प्रयोग गर्न सकिन्छ । सिस्नुको एन्टि–इन्फ्लेमेटरी गुणले हड्डीको दुखाइ र सुन्निने समस्या कम गर्छ ।
मिर्गौला स्वस्थ राख्छ
मिर्गौलासम्बन्धी समस्या, पिसाबनलीको संक्रमण र मिर्गौलाको पत्थरीलाई पनि सिस्नु उपयोगी हुन्छ । यसले रगत शुद्धीकरण बढाउन, क्रिएटिनिन स्तर घटाउन मदत गर्छ । यसको सेवनले शरीरमा रहेको अतिरिक्त नुन पिसाबसँगै बाहिर निस्कन्छ । त्यसैले मिर्गौलासम्बन्धी समस्यामा पनि सिस्नुको सेवन उपयोगी हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
लो ब्लड प्रेसरको समस्या भएका व्यक्तिले यसको सेवन गर्नु हुँदैन । यसमा ‘एन्टि–हाइपरटेन्सि व’अर्थात् उच्च रक्तचाप नियन्त्रण गर्ने गुण हुन्छ, त्यसैले यसको सेवनले प्रेसर झन् कम हुनसक्छ ।
यसले एलर्जी वा छालामा दाग आउने समस्या निम्त्याउन सक्छ । त्यसैले यसलाई छुँदा वा धुँदा हातमा पञ्जा लगाउनुपर्छ ।
अहिले बजारमा सिस्नुको पाउडर सजिलै उपलब्ध छ । यसलाई सुप, तरकारीको रुपमा वा दालमा मिसाएर प्रयोग गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार...












