प्रोपोगान्डाका मास्टर मानिने उत्तर कोरियाका किमको निधन
एजेन्सि। उत्तर कोरियाका पूर्वप्रोपोगान्डा मास्टर किम कि नामको बुधबार ९४ वर्षको उमेरमा निधन भएको छ ।
उनको वृद्ध उमेर र धेरै अंगले काम गर्न छोडेका कारण निधन भएको जनाइएको छ । सरकारी सञ्चार माध्यमका अनुसार उनी २०२२ देखि नै उपचार गराइरहेका थिए ।
उनले दशकौँसम्म अधिनायकवादी राष्ट्रमा प्रोपोगान्डा फैलाउन भूमिका खेलेका थिए । उनको बुधबार भएको अन्त्येष्टी कार्यक्रममा उत्तर कोरियाका नेता किम जोङ उन पनि गएका थिए । उनले सो अवसरमा नामलाई ‘भेट्रान’ क्रान्तिकारीको उपमा दिँदै उनी निरन्तर रूपमा शासन प्रणालीप्रति बफादार भएको जनाएका थिए ।
दक्षिण कोरियाको योनहाप न्यूज एजेन्सीले उनलाई नाजी जर्मनीका प्रोपोगान्डा बोस जोसेफ गोयबल्ससँग तुलना गरेको छ । जसको मन्त्र झुठलाई कैयौँपटक दोहोर्याएमा त्यो सत्य हुन्छ भन्ने रहेको थियो ।
उत्तर कोरियाको किम वंशसँग रगतको साइनो भएका किम कि नामलाई पहिलोपटक प्योंगयांग प्रोपोगान्डा एण्ड एजिटेसन डिपार्टमेन्टमा उपनिर्देशकको रूपमा सन् १९६६ मा नियुक्त गरिएको थियो । जहाँ उनी अहिलेका नेताका बाबु किम जोङ द्वितीयसँगै काम गरेका थिए । पछि उनलाई सो विभागको प्रमुख बनाइएको थियो । उनलाई १९७० को दशकमा सरकारी मुखपत्र रोडोङ सिनममको इन्चार्ज समेत बनाइएको थियो ।
उनी पछिल्ला समयमा देशका राष्ट्रिय नाराका लेखकका रूपमा समेत चिनिएका थिए । उनी २०१० को दशकदेखि चाहिँ अवकाशको जीवन जीउँदै आएका थिए ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











