प्रोपोगान्डाका मास्टर मानिने उत्तर कोरियाका किमको निधन
एजेन्सि। उत्तर कोरियाका पूर्वप्रोपोगान्डा मास्टर किम कि नामको बुधबार ९४ वर्षको उमेरमा निधन भएको छ ।
उनको वृद्ध उमेर र धेरै अंगले काम गर्न छोडेका कारण निधन भएको जनाइएको छ । सरकारी सञ्चार माध्यमका अनुसार उनी २०२२ देखि नै उपचार गराइरहेका थिए ।
उनले दशकौँसम्म अधिनायकवादी राष्ट्रमा प्रोपोगान्डा फैलाउन भूमिका खेलेका थिए । उनको बुधबार भएको अन्त्येष्टी कार्यक्रममा उत्तर कोरियाका नेता किम जोङ उन पनि गएका थिए । उनले सो अवसरमा नामलाई ‘भेट्रान’ क्रान्तिकारीको उपमा दिँदै उनी निरन्तर रूपमा शासन प्रणालीप्रति बफादार भएको जनाएका थिए ।
दक्षिण कोरियाको योनहाप न्यूज एजेन्सीले उनलाई नाजी जर्मनीका प्रोपोगान्डा बोस जोसेफ गोयबल्ससँग तुलना गरेको छ । जसको मन्त्र झुठलाई कैयौँपटक दोहोर्याएमा त्यो सत्य हुन्छ भन्ने रहेको थियो ।
उत्तर कोरियाको किम वंशसँग रगतको साइनो भएका किम कि नामलाई पहिलोपटक प्योंगयांग प्रोपोगान्डा एण्ड एजिटेसन डिपार्टमेन्टमा उपनिर्देशकको रूपमा सन् १९६६ मा नियुक्त गरिएको थियो । जहाँ उनी अहिलेका नेताका बाबु किम जोङ द्वितीयसँगै काम गरेका थिए । पछि उनलाई सो विभागको प्रमुख बनाइएको थियो । उनलाई १९७० को दशकमा सरकारी मुखपत्र रोडोङ सिनममको इन्चार्ज समेत बनाइएको थियो ।
उनी पछिल्ला समयमा देशका राष्ट्रिय नाराका लेखकका रूपमा समेत चिनिएका थिए । उनी २०१० को दशकदेखि चाहिँ अवकाशको जीवन जीउँदै आएका थिए ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











