आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै भेट्टाएको हो।
हैदरावादको ऐतिहासिक जितका लागि ओपनर टेभिस हेड र अभिषेक शर्माले १६७ रनको ऐतिहासिक साझेदारी गरे। हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाए। अभिषेकले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाए। लखनउका कुनै पनि बलरले विकेट हात पार्न सकेनन्।
बुधबार भएको खेलमा हैदरावादले लखनउविरुद्ध आईपिएल इतिहासमै धेरै रेकर्ड बनाएको छ। सबैभन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको हो। टी(२० क्रिकेटमा १० ओभरमै १६६ रनको चुनौती पूरा गरेको रेकर्डसमेत हैदरावादले बनाएको छ।
डेभिस हेडले मात्र १६ बलमा अर्धशतक पूरा गरे भने अभिषेक शर्माले १९ बलमा अर्धशतक बनाए । उनीहरुले पावर प्लेमा सय रनको साझेदारीसमेत गरेका छन् । सुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बदोनीले नटआउट सर्वाधिक ५५ रन बनाएका थिए। कप्तान केएल राहुल २९ र क्रुनाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पुरन ४५ रनमा अविजित रहे।
हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट हात पार्दा प्याट कमिन्सले एक विकेट लिए। यो जितसँगै हैदरावादको प्लेअफ सम्भावना दलियो भएको छ। अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हैदरावादले १२ खेलमा सात जित निकाल्दै १४ अंक जोडेको छ। हैदरावादसँग पराजित भएको लखनउ भने छैठौं स्थानमा झरेको छ। १२ खेल खेलेको लखनउले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको छ। आईपिएल अन्तर्गत बिहीबार पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरुको प्रतिस्पर्धा हुँदैछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












