झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
काठमाडाैं । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी लगाएर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको हो ।
करिब पाँच रोपनी क्षेत्रफलमा दुई सय बढी विभिन्न प्रजातिका जडीबुटीका नामसहित बिरुवा रोपिएको छ । यसले यहाँ घुम्न आउने मानिसलाई जडीबुटी, वनस्पतिलगायतका बिरुवाका बारेमा जानकारीमा सहज हुने बताइएको छ । यस स्थानलाई शैक्षिक हबका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक उज्वल पौडेलले जानकारी दिए।
उक्त उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर, लोडसल्लालगायतका महँगा र औषधिजन्य जडीबुटी लगाइएको छ । विशेष तरिकाले निर्माण गरिएको उद्यानमा विभिन्न जातका जडीबुटी र वनस्पति रहेका छन् । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीय गौरादेवी दाहालको नाउँमा उक्त उद्यान स्थापना गरिएको हो ।
पौडेलका अनुसार करिब रु एक करोड ५० लाखको लागतमा जडीबुटी उद्यान तथा विभिन्न अस्थायी संरचना स्थापना गरिएको छ । जडीबुटीलगायत अवलोकनका लागि हात्ती, गैँडा, बाघ, घोडालगायतका विभिन्न जातका पक्षी र जनावरका आकर्षक मूर्ति निर्माण गरिएको छ । खोलाको वरपर रहेको जङ्गलको हरियाली र चुराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने पर्यटक लठ्ठ हुने गर्दछन् ।
अहिले यस स्थानमा सार्वजनिक बिदाका दिनमा पाँच सय बढी र अन्य दिनमा एक÷दुई सयका हाराहारीमा आन्तरिक पर्यटक घुम्नका लागि आउने गर्दछन् । त्यसैगरी ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा लगाएर फलफूलको नामसहितको सुन्दर बगँैचासमेत स्थापना गरिएको छ । दुई सय बढी लोपोन्मुख चिनारीसहितको सङ्ग्राहलयसमेत सञ्चालन गरिएको छ । धेरै जातका जडीबुटी र फलफूलका बिरुवा एकै स्थानमा देख्न र चिन्न सकिने भएकाले पर्यटक गन्तव्यस्थलको रूपमा परिचित हुँदैछ ।
विभिन्न देवीदेवता, वन्यजन्तुहरूको मूर्ति निर्माण गरी जानकारी लिनका साथै घुम्न आउने विद्यार्थीलाई ज्ञान दिइने लक्ष्य रहेको छ । रूद्र कुण्ड, रूद्र घण्ट मठमन्दिरसमेत रहेको गौरादेवी यस उद्यानबाट पर्यटकले भरपुर मनोरञ्जन लिन सक्छन् । पारिवारिक वातावरणमा अग्र्यानिक खाना र आरामदायी बसाइका लागि समेत उत्कृष्ट गन्तव्य बनेको सञ्चालक पौडेलको भनाइ छ ।
सिन्धुलीको झाँगाझोलीदेखि तनहुँको झाँगाझोलीसम्म
तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको झाँगाझोली र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको झाँगाझोली धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित छन् । सिन्धुली झाँगाझोली क्षेत्रका नेपालथोक, दुम्जा, झाँगाझोली गुठबजार, रातमाटा, बोहोरेटार, रामटार, पत्द्युरी, मुलकोट, गैरीपुछार, खाल्टेचैनपुर, शितलपाटीजस्ता बीपी राजमार्गमा पर्ने क्षेत्रहरू मात्र होइन, झाँगाझोली आसपासका क्षेत्रहरू परेवाडाँडा, नागेडाँडा, थुम्का, काशीखर्क, खहरे, बन्दीपुर, कोटगाउँ, सिरूवानी, सिम्ले, रानीछाँगा, अमारेजस्ता पर्यटकीय हिसाबले विशेष महत्व राख्ने क्षेत्र हुन् ।
दुई जिल्लामा रहेका झाँगाझोली एकापसमा भावनात्मक रूपले समेत जोडिएका छन् । झाँगाझोली एग्रो टुरिजम प्रालिले सिन्धुलीको झाँगाझोली र तनहुँको झाँगाझोली बीचको सम्बन्धलाई सुमधुर बनाई मुलुकमा कृषि र पर्यटन क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने लक्ष्य लिएको छ । दुई झाँगाझोली बीचको एकरूपता र समानताले दुवै झाँगाझोलीको पर्यटन प्रवद्र्धनमा नयाँपन ल्याउने सम्भावना रहेको छ । बीपी राजमार्गमा पर्ने झाँगाझोलीमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक मठमन्दिर समेतका सम्पदाहरू समेटेर तनहुँ झाँगाझोलीको परिकल्पना गरिएको सञ्चालकहरू बताउँछन् ।
पछिल्लो समय तनहुँको झाँगाझोली आन्तरिक पर्यटकहरूको प्रमुख रोजाइमा पर्न थालेको छ । भौगोलिक बनावट, प्राकृतिक सुन्दरता र पर्यटन प्रवद्र्धनको नयाँ प्रयोगले पनि पर्यटकहरूको झाँगाझोली मोह बढ्न थालेको अर्का सञ्चालक शङ्करप्रसाद अधिकारीले बताए। शैक्षिक, धार्मिक, मनोरम दृश्यावलोकनले तनहुँ झाँगाझोली अवलोकनको लागि दैनिक सयौं पर्यटकको पहिलो प्राथमिकतामा पर्न थालेको छ ।
सुनकोशी गाउँपालिका सुनकोशी नदीको नामबाट नामाकरण भएको हो । शुक्लागण्डकी नगरपालिका पनि नदीकै नामबाट नामाकरण भएको पाइन्छ । एकताका प्रतीक पृथ्वीनारायण शाहको नामबाट नामाकरण भएको पृथ्वी राजमार्गमा पर्ने तनहुँ झाँगाझोली र जननेता बीपी कोइरालाको नामबाट नामाकरण भएको बीपी राजमार्गमा पर्ने सिन्धुली झाँगाझोलीबीच समानता र एकरूपता धेरै रहेका छन् ।
तनहुँको झाँगाझोलीदेखि दरगाउँ जोड्ने मोटर मार्ग स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु ३५ लाख बजेट विनियोजन गरेको छ । यही मार्ग हुँदै प्रसिद्ध धार्मिकस्थल तीनखोले मन्दिर जाने वैकल्पिक मार्गको रूपमा विकास गर्न लागिएको छ । पृथ्वी राजमार्गको खैरेनीटारबाट करिब पाँच किमी दूरीमा झाँगाझोली पुग्न सकिन्छ । झाँगाझोलीको अगाडि भाग भएर बग्ने कुम्ले खोलाको मध्यभागमा कृत्रिम बाँध बाँधेर ताल बनाउनका लागि सम्भाव्यता अध्ययन भैरहेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाभित्र सात सय रोपनी क्षेत्रफलमा जी.पी.कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र केन्द्रीय अस्पतालको रूपमा स्थापना गरी सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले सात सय शय्या र भारत सरकारले तीन सय शय्याको आधुनिक उपकरणसहित पूर्वाधार निर्माण गर्ने गरी एक हजार शय्या क्षमताको अत्याधुनिक अस्पताल निर्माण गर्न लागेको छ ।
नेपालमा रहेका सातवटै प्रदेशका विशिष्टीकृत सामानहरूको बिक्री एवं प्रदर्शन केन्द्र स्थापना गरी आंशिक रूपमा सञ्चालनमा आएको छ । पूर्ण रूपमा कोशेली घर सञ्चालन हुन केही समय लाग्ने सञ्चालकहरू बताउँछन् । सिन्धुली झाँगाझोली क्षेत्रमा पर्ने ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिने उद्देश्यले सूचना कक्ष निर्माण गरिएको छ । सूचना कक्षमा झाँगाझोली क्षेत्रमा पर्ने विविध विषयका बारेमा ब्रोसर, मूर्ति, सङ्ग्राहलयमार्फत घुम्न आउने पर्यटकले जानकारी लिने गरेका छन् ।
Comments
अरु समाचार
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...












