कलकत्ताको महावाणिज्यदूत हुन सहसचिव भट्टको चलखेल, मुख्यसचिव अर्याल साथ दिँदै
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कलकत्ताको महावाणिज्यदूतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका सहसचिव नवराज ढुंगानालाई चक्मा दिँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख सहसचिव नारायण भट्टलाई पठाउने चलखेल सुरू गरेका छन् । सहसचिव भट्टलाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा लगेका थिए। त्यसयता सत्तामा तिनवटा गठबन्धन भयो तर सहसचिव भट्ट भने नेकपा माओवादी केन्द्र र मुख्यसचिव डा. अर्याललाई रिझाउँदै प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखा प्रमुखमै बस्न सफल हुँदै आएका छन। उनले वर्षमा चार पटक भन्दा बढी विदेश भ्रमणको अवसर लिएर डलरमा भत्ता बुझ्ने गरेका छन्। भट्टलाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा कल रिसिभ गरेनन् ।
पहिलो पटक प्रधानमन्त्री प्रचण्ड पुत्री रेनु दाहाल भरतपुरको मेयरमा चुनाव लड्दा मतगणनामा मतपत्र च्यातेर मुखमा हालेको केसलाई सामान्य अवस्थामा मिलाएर केही स्थानमा मात्र पुनस् मतदान गर्न लगाई दाहाललाई जिताएर एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउने चितवनका प्रमुख जिल्ला अधिकारी भट्ट नै थिए। भट्ट गोरखाको प्रमुख जिल्ला अधिकारी हुँदा नै बुढी गण्डकी जलविद्युत आयोजनाको जग्गा अधिग्रहण गरि मुअब्जा तोक्ने र वितरण गर्ने कार्य भएको थियो। त्यसवेला पनि उनले आरूघाटको हजारौं रोपनी जग्गाको मुअब्जा प्रचलित जग्गाको मूल्यभन्दा बढी मुल्यांकन गरि मुअब्जा वितरणको तानाबुना बनाएर लाखौं कमाएका थिए।
विगत दुई वर्षदेखि प्रधानमन्त्री कार्यालयमा बसेर उनले बहिनी ज्वाइँ नारायण दुवाडीलाई सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवबाट सरूवा गरेर वाणिज्य सचिव बनाएका थिए। यसरी अधिकारको दुरूपयोग गरेर मालामाल बन्दै आएका सहसचिव भट्टले मुख्यसचिव डा. अर्यालको सारथी बनेर कलकत्ताको महावाणिज्यदूत बन्न परराष्ट्र मन्त्रालयमा सरूवा हुन लागेका छन्। कलकत्ताका महावाणिज्यदूत रहेका सहसचिव इश्वरचन्द्र पौडेलको चारवर्षे कार्यकाल पूरा हुन अब तीन महिनामात्र समय बाँकी हुँदै भट्टले मुख्यसचिव र कांग्रेसको आशिर्वादमा कलकत्ताको महावाणिज्यदूतमा नियुक्ति खान लागेका छन्।
सञ्चार तथा सुचना सचिव हुँदा करोडौं अनियमितता गरेको आरोपमा अख्तियारले बयान लिई छानबिन गरिरहेका मुख्यसचिव डा।अर्यालले प्रधानमन्त्री कार्यालयमा कांग्रेस र माओवादी केन्द्रका नेताहरूको इसारामा असक्षम, विवादित र विगतमा भ्रष्टाचारका अनेकौं काण्ड लागेका कर्मचारीहरूलाई आर्थिक शुभलाभ र कोसेलीपात बुझ्दै छानीछानी आकर्षक र मालदार स्थानमा सरूवा गरेर प्रशासनिक क्षेत्रमा बेथिति भित्र्याउँदै आएका छन्।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












