छोराछोरीका लागि पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम
काठमाडौं । प्याकेटमा बन्द गरिएका तयारी खाजाका कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर देखिन थालेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पोसिलो खाजा बनाउन अभिभावकलाई तालिम दिएको छ ।
गाउँपालिकाले दिवाखाजामा पत्रुखानालाई रोक्न जैविक (अर्गानिक) र स्थानीयस्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको हो । चाउचाउ र बिस्कुटजस्ता पत्रुखाना दिवा खाजाका रुपमा प्रयोग गर्ने पूर्णरुपमा रोक लगाउँदै पोषणयुक्त खाजालाई मात्रै विद्यालयमा प्रयोग गर्नेगरी गाउँपालिकाले पहिलो चरणमा चार वडामा शिक्षक र अभिभावकको उपस्थितिमा तालिम दिइरहेको हो ।
गाउँपालिकाले वडा नं १ दोवा, वडा नं २ भुरुङ तातोपानी, वडा नं ३ दाना र वडा नं ६ घारमा तालिम सञ्चालन गरेको गाउँपालिका उपप्रमुख दिवा तिलिजा पुनले जानकारी दिनुभयो । ‘पोषणयुक्त खाजा बनाउन सिकाइएको छ, अब अर्गानिक बाहेकको खाजालाई प्रयोग गर्न नदिने गरी अभिभावकलाई नै तालिममा सहभागी गराइएको हो’, उपाध्यक्ष पुनले भन्नुभयो ।
तालिमको सहजकर्ता बालकुमारी पुन र भगवती खड्काले बालबालिकाबाट पोषणयुक्त खानाको महत्वका बारेमा अभिभावकलाई जानकारी दिँदै गाउँघरमा पाइने पोसिलो खानेकुरा र रैथाने वस्तुको तयारी गर्ने प्रयोगात्मक अभ्यास गरिएको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले विद्यालयमा पूर्णरुपमा पत्रुखाना निषेध गर्नेगरी सबै वडामा तालिमसहित नियमित अनुगमन गरिने बताउनुभयो । बालविकासदेखि कक्षा ५ सम्मका हरेक विद्यार्थीका लागि दैनिक रु २० दिवाखाजाका लागि सरकारले उपलब्ध गराउने भए पनि गाउँपालिकाको कार्यपालिकाबाट ६ कक्षाका विद्यार्थीलाई खाजाका लागि बजेट विनियोजन गरेको छ । तालिममार्फत अभिभावकलाई पोसिलो रैथाने वस्तु उत्पादन गर्न सघाउने गाउँपालिकाले जनाएको छ ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












