धनुषामा तीन दिनमा रु डेढ करोडभन्दा बढीको सामान बरामद
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा रु डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा रु एक करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतको इकाइबाट खटेको प्रहरी टोलीले गत वैशाख २९ गते बिहान बिलविजकभन्दा रु २३ लाख ४५ हजार आठ सय ४० बढीका सामानसहित पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएको । यस्तै वैशाख ३० गते राती रु ३४ लाख ९१ हजार दुई सय बराबरको २१ क्वीन्टल प्याजसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको तिवारीले बताउनुभयो ।
त्यसैगरी वैशाख ३१ गते दिउँसो रु ८९ लाख ४६ हजार ९०० सय बराबरको ६ सय कार्टुन मदिरासहितको ट्रक ढल्केवर नियन्त्रणमा लिएको र सोही दिन गणेशमान चारनाथ नगरपालिका-८ बाट रु १० लाख ८१ हजार तीन सय ३२ बराबरको सामानसहित मोटरसाईकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको सामान तथा गाडीहरू थप अनुसन्धानका लागि सम्बन्धित निकायहरु आन्तरिक राजश्व कार्यालय जनकपुर, जनकपुर भन्सार कार्यालय, र राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएका छन्।प्रहरी उपरीक्षक तिवारीले भन्सार छलेर ल्याइएका सामानको ओसारपसार रोक्न वैशाख अन्तिम सातादेखि अभियानकै निगरानी बढाइएको र यसबाट राजश्व चुहावट न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा रहेको बताउनुभयो ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...












