सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समिति गठन गर्न सत्ता गठबन्धन लचिलो बनेपछि संसद् सुचारु हुने सम्भावना बढेको छ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बालुवाटार बोलाएका थिए।
उक्त छलफलमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलको मागलाई लामो समय बेवास्ता गर्दा सरकार सञ्चालन कार्य नै प्रभावित बनिरहेको भन्दै संसदीय छानबिन बनाउन लचिलो हुन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालको आग्रहपछि गृहमन्त्री लामिछाने थोरै नरम बनेको स्रोत बताउँछ। जसमा लामिछानेले पहिले संसद्मा आफू बोल्न पाउनुपर्ने र बोलिसकेपछि त्यसपछि संसदीय समिति बने पनि आफूलाई फरक नपर्ने बताएका थिए।
‘उहाँले प्रधानमन्त्रीज्यूसँग संसद्मा बोल्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्री निकटस्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीज्युले सभामुख ९देवराज घिमिरे० लाई फोन गरेर ११ बजेको प्रतिनिधिसभा बैठक ४ बजेका लागि सार्न आग्रह गर्नुभएको हो।’ प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने नै संसदीय छानबिन समिति गठनमा लचक बनेपछि एमाले अध्यक्ष ओलीले खास्सै प्रतिक्रिया नदिएको स्रोत बताउँछ।
बैठकपछि प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार संसदीय छानबिन गठन गर्न तयार रहेको सन्देश पठाएका थिए। तर, त्यसअघि गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने शर्त राखेका थिए।
‘प्रधानमन्त्रीज्युबाट संसदीय छानबिन समिति बनाउन तयार छौं। पहिले गृहमन्त्री रवि लामिछानेजीलाई संसद्मा बोल्न दिनुहोस् भन्ने सन्देश प्राप्त भएको छ,’ कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने,‘उताबाट सन्देश आएपछि हामी पनि छलफलमा छौं।’
कांग्रेसले यसअघि नै गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरिसकेकाले बोल्नदिने कुरामा फरक मत नरहेको उनले बताए। ‘त्यसमा त कांग्रेस तयार नै छ। तर, संसदीय छानबिन समिति बन्नुअघि संसद्का बाँकी सरकारी कामकारबाही अघि बढाइनुहुन्न भन्ने हाम्रो माग हो। त्यस मागमा हामी अडिग छौं,’ उनले भने।
कांग्रेस सांसद रामहरि खतिवडाले संसद्का बाँकी विषयमा प्रवेश नगरेर पहिला गृहमन्त्री बोल्ने र त्यसपछि कांग्रेसबाट कोही बोल्नेगरी संसद् अघि बढे बोल्न दिने अवस्था रहेको बताए। ‘हामीले यही कुरा अस्तिको बैठकमा पनि भनेका हौं। तर, उहाँले पेलेरै अन्य कार्यतालिका पहिले ल्याएर हाम्रो धैर्यता मापन गर्ने कोसिस गर्नुभयो। त्यसैमा हाम्रो विमति हो,’ उनले भने।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












