सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समिति गठन गर्न सत्ता गठबन्धन लचिलो बनेपछि संसद् सुचारु हुने सम्भावना बढेको छ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बालुवाटार बोलाएका थिए।
उक्त छलफलमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलको मागलाई लामो समय बेवास्ता गर्दा सरकार सञ्चालन कार्य नै प्रभावित बनिरहेको भन्दै संसदीय छानबिन बनाउन लचिलो हुन आग्रह गरेका थिए। प्रधानमन्त्री दाहालको आग्रहपछि गृहमन्त्री लामिछाने थोरै नरम बनेको स्रोत बताउँछ। जसमा लामिछानेले पहिले संसद्मा आफू बोल्न पाउनुपर्ने र बोलिसकेपछि त्यसपछि संसदीय समिति बने पनि आफूलाई फरक नपर्ने बताएका थिए।
‘उहाँले प्रधानमन्त्रीज्यूसँग संसद्मा बोल्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्री निकटस्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीज्युले सभामुख ९देवराज घिमिरे० लाई फोन गरेर ११ बजेको प्रतिनिधिसभा बैठक ४ बजेका लागि सार्न आग्रह गर्नुभएको हो।’ प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने नै संसदीय छानबिन समिति गठनमा लचक बनेपछि एमाले अध्यक्ष ओलीले खास्सै प्रतिक्रिया नदिएको स्रोत बताउँछ।
बैठकपछि प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार संसदीय छानबिन गठन गर्न तयार रहेको सन्देश पठाएका थिए। तर, त्यसअघि गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने शर्त राखेका थिए।
‘प्रधानमन्त्रीज्युबाट संसदीय छानबिन समिति बनाउन तयार छौं। पहिले गृहमन्त्री रवि लामिछानेजीलाई संसद्मा बोल्न दिनुहोस् भन्ने सन्देश प्राप्त भएको छ,’ कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने,‘उताबाट सन्देश आएपछि हामी पनि छलफलमा छौं।’
कांग्रेसले यसअघि नै गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरिसकेकाले बोल्नदिने कुरामा फरक मत नरहेको उनले बताए। ‘त्यसमा त कांग्रेस तयार नै छ। तर, संसदीय छानबिन समिति बन्नुअघि संसद्का बाँकी सरकारी कामकारबाही अघि बढाइनुहुन्न भन्ने हाम्रो माग हो। त्यस मागमा हामी अडिग छौं,’ उनले भने।
कांग्रेस सांसद रामहरि खतिवडाले संसद्का बाँकी विषयमा प्रवेश नगरेर पहिला गृहमन्त्री बोल्ने र त्यसपछि कांग्रेसबाट कोही बोल्नेगरी संसद् अघि बढे बोल्न दिने अवस्था रहेको बताए। ‘हामीले यही कुरा अस्तिको बैठकमा पनि भनेका हौं। तर, उहाँले पेलेरै अन्य कार्यतालिका पहिले ल्याएर हाम्रो धैर्यता मापन गर्ने कोसिस गर्नुभयो। त्यसैमा हाम्रो विमति हो,’ उनले भने।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












