आजको राशिफल: २०८१ जेठ ४ गते शुक्रवार
मेषः गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थिति फेरिनेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनबाट राम्रो उपलब्धि हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
वृषः रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। तर सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। ढिलासुस्तीले पनि काम रोकिन सक्छ। बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला। समस्या दर्साउँदा साथ दिनेहरू भेटिनेछन्। व्यवसायमा पनि सामान्य लाभ हुनेछ।
मिथुनः नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। व्यावसायिक काममा भने राम्रै लाभ उठाउन सकिनेछ।
कर्कटः बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान(सम्मान प्राप्त हुनेछ।
सिंहः रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
कन्याः आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। दैनिकी चलाउन कर्जाको रकम खर्चनुपर्ला। प्रयत्न गर्दा पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। साथै, मनको डर पनि हराउनेछ। आलोचकहरूले कमजोरी औंल्याउने हुँदा विशेष ध्यान दिनुहोला। संकट टर्नेछ तर खर्च बढ्नाले सञ्चय गर्न नसकिएला।
तुलाः केही काम रोकिए पनि तत्काललाई राम्रै आम्दानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी मनग्य भए पनि परिस्थितिले खर्च बढाउनेछ र सञ्चय गर्न बाधा पुग्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा पछिलाई समस्या पर्नेछ। काम सम्पादन भए पनि धेरै आम्दानीको आशा नराख्नुहोला र सञ्चितिमा ध्यान पुर्याउनुहोला।
वृश्चिकः परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्। नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। काममा श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। वचन हार्न नसक्दा दुःख पाइनेछ। तापनि चिताएको काम बिस्तारै सम्पादन हुनेछ।
धनु ः राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि सामान्य फाइदै हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
मकरः अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
कुम्भः परिवेश उल्लासमय रहे पनि बाध्यतासामु निरीह बन्नुपर्ला। प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक खर्च बढ्न सक्छ। अर्थअभावले सताउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। वादविवादले घर(गृहस्थीमा समस्या निम्त्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कमजोर बन्न सक्छ।
मीन:चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












