किसानलाई उद्यमशीलतासँग जोड्न मौरी घार वितरण
काठमाडौं । किसानलाई उद्यमशीलतासँग जोड्न स्याङ्जाको भिरकोट नगरपालिकाले गोलासहितका मौरी घार वितरण गरेको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम ९मेडपा० अन्तर्गत भिरकोट–९ का किसानलाई घार वितरण गरिएको हो । मौरीपालनका दृष्टिले प्रशस्त वनजङ्गल र चरन क्षेत्र भएकाले पनि मौरीपालन फस्टाउन सक्ने भएकाले वडाका किसानलाई घार वितरण गरी अभियान थालिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
“मौरीपालनका दृष्टिले प्रचुर सम्भावना देखिएकाले अहिले वडा नं ९ मा मौरीका घार वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई व्यावसायिकरुपमा अगाडि बढाउँदै आयआर्जनसँग जोड्ने र यहाँका नागरिकको आर्थिक समृद्धिमा सुधार ल्याउने उद्देश्य छ ।” मौरीपालन गर्दा मौरीको गोलासहितको घार तथा महको पनि माग उच्च भएकाले यहाँका नागरिकलाई मौरीपालनतर्फ जोड्दै लगिएको उहाँले बताउनुभयो ।
“पालिकाको योजना, नागरिकको चाहना र मागका आधारमा नागरिकलाई उद्यमी बनाउनका लागि निरन्तर लाग्छौँ”, उहाँले भन्नुभयो, “यसमा नागरिकको परिश्रम र कामप्रति लगनशीलता हुनु जरुरी छ ।” नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लागत साझेदारीमा गोलासहितका मौरी घार उपलब्ध गराइएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताउनुभयो ।
रु नौ हजार मूल्य रहेको मौरीसहितको घारलाई किसानले रु एक हजार आठ सयमा प्राप्त गरेका हुन् । वडाका ३४ किसानलाई मौरीसहितको घार वितरण गरिएको हो । “कृषि कर्म गर्दै आएका यहाँका नागरिकको आर्थिकस्तर उकास्न उद्यमशीलतासँग जोड्नु जरुरी छ”, उहाँले भन्नुभयो, “नागरिकलाई उद्यमशीलतासँग जोड्नका लागि मौरीको प्रचुर सम्भावना भएकाले मौरीपालनलाई व्यावसायिकरुपमा अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ ।”
मौरीपालन गर्नका लागि पाँचदिने आधारभूत ज्ञान सीप किसानलाई दिइएको छ । आगामी दिनमा मौरीपालनलाई व्यावसायिकतातर्फ अगाडि बढाउन र थप विस्तार गर्नका लागि वडा तथा पालिकाले निरन्तर सहयोग गर्ने उहाँले बताउनुभयो । “मौरीसहितका घार तथा शुद्ध महको माग बढ्दो क्रममा छ”, उहाँले भन्नुभयो, “यहाँका किसानले उत्पादन गरेका मौरी तथा मह बिक्री नभएमा वडाले बिक्रीका लागि आवश्यक पहल गर्नेछ ।”
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












