ताजा समाचार

सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् । सभामुखको सचिवालयका अनुसार बिहान साढे १० बजे बानेश्वरस्थित संसद भवनभित्र सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरुसँग छलफल हुन लागेको हो ।

सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन दलहरु तयार भएसँगै संसद बैठक बस्न लागेको हो । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग सम्बोधन गर्न सत्तापक्ष सहमत भएपछि कांग्रेस संसद् खोल्न लचक भएको छ ।

शनिबार सत्तारूढ दल र कांग्रेसबीच समिति बनाउने सैद्धान्तिक सहमति भएसँगै कार्यविधि टुंग्याउन कार्यदल गठन भएको छ । कार्यदल नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org