आईपीएल: बैंग्लोरु र राजस्थान रोयल्सबीच आज प्रतिस्पर्धा हुँदै, गएराति कोलकाता फाइनलमा
काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।
हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले अर्धशतक प्रहार गरे । २४ बलको सामना गरेका श्रेयसले चार छक्का र पाँच चौकाको मदतमा ५८ रन बनाए ।
त्यस्तै वेंकटेशले २८ बलमा ५१ रन बनाए । त्यस्तै रहमानउल्लाह गुरबाज २३ तथा सुनिल नारायणले २१ रनको योगदान गरे । हैदरावादका लागि कप्तान प्याट कमिन्स र टी नटराजनले एकरएक विकेट लिए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित १९.३ ओभरमा अलआउट हुनुअघि १५९ रन बनाएको थियो । हैदरावादका लागि राहुल त्रिपाठीले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन् । ३५ बल खेलेका त्रिपाठीले सात चौका र एक छक्कासहित ५५ रन बनाए । त्यस्तै हेनरिक क्लासेनले ३२, कमिन्सले ३०, अब्दुल समदले १६ रनको योगदान गरे ।
हैदरवादको ब्याटिङ्लाई रोक्नेक्रममा कोलकताका मिचेल स्टार्कले चार ओभरमा ३४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा,सुनिल नारायण, हर्षित राना र आन्द्रे रसेल एकरएक विकेट लिए ।
योसँगै कोकाता फाइनलमा प्रवेश गरेको छ, भने पराजित भएको हैदरावादले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छ। बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु आरसिबी र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












