गाजामा हवाई आक्रमणः दुई हमास नेतासहित पाँच लडाकूको मृत्यु
काठमाडौं । हमासको ट्याङ्क प्रतिरोधी मिसाइल अभियानका प्रमुख नेतामध्ये एक व्यक्ति अहमद् यासेर अलकारासहित पाँच व्यक्ति खान युनूसमा आईडीएफको हवाई आक्रमणमा मारिएका छन् ।
उहाँले गाजा युद्धमा इजरायली रक्षा बल ९आईडीएफ० विरुद्ध आक्रमण र आतङ्कवादी षड्यन्त्रको नेतृत्व गर्नुभएको थियो । इजरायलको आतङ्कवाद विरोधी सामान्य सुरक्षा सेवा शिन बेटको गुप्तचर सहयोगमा गरिएको कारबाहीमा अलकारा र गाजा डिभिजनका सूचना प्रणाली प्रमुख फदी सलिमसहित पाँच हमास लडाकू मारिएका छन् ।
लक्ष्य निर्देशित गर्न सकिने र अधिक विस्फोटक शक्ति भएकाले एन्टी–ट्याङ्क मिसाइलहरू आईडीएफ एकाइहरूका लागि रकेटभन्दा बढी खतरनाक हुन्छन् ।
यसबाहेक, इजरायली वायु सेनाका लडाकु विमानहरूले आईडीएफ दक्षिणी कमान्ड र इन्टेलिजेन्स विङको निर्देशनमा उत्तरी गाजा पट्टीको डार्ज टफाह क्षेत्रको फाहमी अल्जेरजावई विद्यालय परिसरबाट सञ्चालन गरिरहेका पाँच हमासलाई मारेका थिए ।
गाजाको जनसङ्ख्यालाई आफ्नो अनुकुल प्रयोग गर्दा हमासले नागरिकहरूलाई सुरक्षा कवचका रूपमा प्रयोग गरेको र खान युनुसको कारबाहीमा हमास नेताको मृत्यु हुनुले यसलाई पुष्टि गरेको आईडीएफले जनाएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












