बुद्धजयन्तीका अवसरमा बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन–पूर्वराष्ट्रपति भण्डारीको आह्वान
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
यस अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताउनुभएको छ । साथै उहाँले बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान पनि गर्नुभएको छ ।
“गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ, ” शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।
नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनुभएको शिक्षा र प्रतिपादन गर्नुभएको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसङ्घले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको उहाँले सन्देशमा स्मरण गर्नुभएको छ ।
विश्वका विभिन्न भू–भागमा मानव जातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनुपरेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी द्धन् भन्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका उपदेशहरूको पालना एवं अनुशरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ हुने विचार सन्देशमा व्यक्त गर्नुभएको छ ।
साथै उहाँले गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












