थाम्बुचेत–काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा
काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ ।
उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौँसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो साञ्जेनको ४२ दशमलव पाँच र माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन लागिएको हो ।
भौगोलिक विकटता भएको हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक सामग्रीलगायतका सबै उपकारण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताउनुभयो । उहाँले अबको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभयो ।
रसुवाका डाँडापाखामा टावरको काम गराई रहनुभएका आयोजना प्रमुख शुभारम्भ विक्रम शाहका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण पूरा भइसकेको छ । उहाँले ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको जानकारी दिनुभयो ।
निर्माण सामग्री हेलिकप्टर, खच्चर तथा मानिसद्वारा निर्माणस्थलमा पु¥याइएको छ । थाम्वुचेतस्थित विद्युत् जडान गर्ने मुख्य स्थानमा उपकरण जडान भई परीक्षण अगाडि बढिसकेको, आवास र पाले पहरा तथा प्राविधिक बस्ने, कार्यालय भवनजस्ता पूर्वाधारको संरचना निर्माणको प्रगति अन्तिम चरणमा पुगेको जनाइएको छ ।
हाल रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको एक सय ११ मेगावाट बिजुली खेर गएको छ । उक्त आयोजनले विद्युत् गृहका सबै उपकरण जडान गरी प्रसारण लाइनको प्रतीक्षारत रहेको प्राविधिकले जानकारी दिएका छन् ।
साञ्जेन जलविद्युत् आयोजनाले भने उपकरण जडानको काम गरिरहेको र जडान कार्य सम्पन्न गर्न अब एक महिना लाग्ने जनाएको छ । आयोजनका वातावरणविज्ञ उमेश पाठकले टावर र प्रसारण लाइन निर्माण सम्पन्न नभएका कारण जडान कार्य विस्तारै अगाडि बढेको हो ।
आयोजना सम्पन्न गर्न संशोधित लागत अनुमान रसुवागढीका लागि लागत रु १८ अर्ब ४७ करोड र साङ्जेनका दुई आयोजनाका लागि रु साढे १८ अर्ब खर्च हुने आकलन गरिएको छ ।
रसुवागढी जलविद्युत् आयोजनाका पूर्वप्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाको डिजाइनबाट निर्माण भएको एक सय ११ मेगावाट रसुवागढी आयोजनाले मुहानदेखि विद्युत् गृहसम्म सबै संरचना भूमिगतरूपमा निर्माण गरेको छ भने साङ्जेनको तल्लो र माथिल्लो दुवै आयोजना अर्ध भूमिगत रहेको त्यहाँ कार्यरत प्राविधिकले जनाएका छन् ।
यस्तै नयाँ निर्माण भइरहेको टावर तथा सव स्टेसनले रसुवागढी, साङ्जेनको अलावा, अपर त्रिशुली वान, लाङटाङ खोला, भोटेकोशी, त्रिशूली थ्रिवी, माथिल्लो मैलुङ, सुपर मैलुङ, फलाखु खोलामा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा पठाइने योजनाले जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












