आजको राशिफलः आज २०८१ जेठ १४ गते सोमवार
मेष: परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।आजको दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ।
वृष: सामाजिक कामतर्फ ध्यान जानेछ। समय लागे पनि दिगो योजना बनाउन सकिनेछ।अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साँझदेखि स्थिति अनुकूल बन्दै जानेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ।
मिथुन: प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर पनि प्राप्त हुनेछ। परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ।
कर्कट: आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।हिम्मत बढ्नेछ भने रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। केही प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ।
सिंह: रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग भने लाभदायी बन्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ।
कन्या : मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दुस्ख दिनेछन्। तापनि साँझतिर स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ। नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।
तुला:दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अवसरले उत्साह जगाउनेछ। साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
वृश्चिक: विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष लाभ हुनेछ।
धनु: भेटघाटले समेत उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। परिस्थितिवश सञ्चित रकम खर्च गर्नुपर्ने हुन सक्छ।सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
मकर:अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। आफन्तका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य भने कमजोर रहनेछ।खर्चिलो कामले अर्थ अभावको स्थिति रहनेछ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ।
कुम्भ :छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। साँझतिर आफ्नो रकम अरूका लागि खर्च हुनेछ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ला। आँटेको काम पनि रोकिन सक्छ। आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
मीन : कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












