इरानमा राष्ट्रपतिपदको उम्मेदवारी दर्ता खुला
काठमाडौं । इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा अर्को महिना हुने राष्ट्रपतिपदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ ।
“राष्ट्रपति निर्वाचनका लागि स्थानीय समयअनुसार बिहान ८ बजेदेखि गृह मन्त्रालयमा उम्मेदवारी दर्ता सुरु भएको छ रराष्ट्रपतिपदका आकांक्षीलाई दर्ता गर्न पाँच दिनको समय दिइनेछ,” इरानी समाचार संस्था आईआरएनएले लेखेको छ । सन् २०२५ का लागि चुनाव हुने पूर्व निर्धारित कार्यक्रम भएपनि मे १९ मा रायसीको अप्रत्यासित निधनपछि निर्वाचन अघि सारिएको हो ।
उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा विमान दुर्घटनाग्रस्त हुँदा दिवङ्गत राष्ट्रपति राईसी र विदेश मन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित टोलीका सात सदस्यको मृत्यु भएको थियो । इस्लामी गणतन्त्रका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले संविधानअनुसार ६८ बर्षीय उपराष्ट्रपति मोहम्मद मोख्तरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गर्नुभएको छ ।
सरकारी टेलिभिजनले बिहीबार जनाएअनुसार ‘करिब ३० जना’ उम्मेदवारका लागि आवेदन दिन अघि सरेको तर तीमध्ये कसैले पनि योग्यताका लागि आधारभूत शर्त पूरा नगरेको जनाएको छ । इरानको निर्वाचन कानुनअनुसार राष्ट्रपतिको उम्मेदवार हुनका लागि ४० देखि ७५ वर्ष उमेर समूहको कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको उम्मेदवार हुनुपर्नेछ ।
विगतका चुनावी चक्रहरूमा जस्तै इरानको प्रमुख राजनीतिक समूहहरूको प्रतिनिधित्व गर्ने मुख्य उम्मेदवारले दर्ता प्रक्रियाको अन्त्यनजिक आफ्नो आवेदन पेश गर्ने अपेक्षा गरिएको छ । इरानी सर्वोच्च नेताद्वारा नियुक्त वा अनुमोदन गरेको १२ सदस्यीय न्यायविद्हरूको निकाय ‘गार्जियन काउन्सिल’ले जुन ११ मा उम्मेदवारहरूको अन्तिम सूची घोषणा गर्नेछ ।
उक्त निकायले सन् २०२१ को राष्ट्रपतीय चुनावअघि धेरै सुधारवादी नेताहरूलाई राष्ट्रपतिका लागि अयोग्य घोषित गरेको थियो जसले अतिरूढिवादी रायसीलाई सत्तामा ल्याएको थियो ।त्यतिबेलाको चुनावमा ४८.८ प्रतिशत मात्र मतदान भएको थियो ।
इरानको कट्टर प्रतिद्वन्द्वी इजरायल र तेहरान समर्थित प्यालेस्टाइनी लडाकू समूह हमासबीच गाजा युद्ध चर्किरहेका बेला र इरानको आणविक कार्यक्रमलाई लिएर निरन्तर कूटनीतिक तनावबीच जुन महिनामा मतदान हुन लागेको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











