सिक्किम विधानसभा चुनावमा गोले नेतृत्वको दलले ३२ मा ३१ सिट जित्यो
काठमाडौं । सिक्किमको राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ । भारतीय अखबार हिन्दूका अनुसार ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दल एक्लैले ३१ सीट ल्याएको छ ।
सिक्किममात्रै होइन भारतभरका राज्यहरुमा सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले भने एक सीटमात्रै जितेको छ ।सन् २०१९ को चुनावमा १७ सीट ल्याएर सामान्य बहुमत ल्याएको गोलेको दल एसकेएमले यो चुनावमा भव्य जनमत पाएर सत्ता जोगाएको छ । पवन चाम्लिङको दल एक सीट भएको प्रतिपक्षीको रुपमा अहिलेसम्मकै सबैभन्दा सानो आकारमा आएको छ ।
सन् २०२३ नोभेम्बरमा चर्चित सिक्किमे फुटबल खेलाडी भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी आफूमा विलय गराएका चाम्लिङले अनुमान गरेकोभन्दा ज्यादै कमजोर प्रदर्शन गरेका छन् ।गत अप्रिल १९ मा भएको चुनावको परिणाम आज सार्वजनिक भएको हो । शानदार विजयपछि गोलेले सबैलाई धन्यवाद दिएका छन् ।
सिक्किमे चुनावको अझ रोचक पक्ष चैँ पवन चाम्लिङले आफू उठेका दुवै क्षेत्रबाट चुनाव हारेका छन् । उनले पोक्लोक काम्ब्राङ र नाम्चेबुङमा हारेका छन् ।पोक्लोकमा उनले एसकेएमका भोजराज राईसँग ३,०६३ मतान्तरले हारेका छन् । चाम्लिङको मत ४,९७४ आउँदा राईको ८,०३७ मत आएको थियो ।
यस्तै चाम्लिङको नाम्चेबुङको चुनावमा उनले एसकेएमका राजु बस्नेतसँग २,२५६ मतले पराजित भएको भारतीय मिडिया आउटलेट बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । चाम्लिङले ४,९३९ मत पाउँदा बस्नेत ७,१९५ मत ल्याएर विजय भएका थिए ।सन् १९९४ बाट २०१९ सम्मलगायत मुख्यमन्त्री भएर सिक्किम सत्तामा आएका पवन चाम्लिङले यो चुनावलाई आफ्नो जीवनको अन्तिम चुनाव भनेर चित्रित गर्दै आएका थिए, तर यही चुनावमा उनको लज्जास्पद हार भएको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












