‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक (प्रतिवेदन सहित)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।
गत जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ ले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
मन्त्रिपरिषदको २०७५ असार ३२ को निर्णयबाट तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो।आयोगले ५ महिना ७ दिन लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेस गरेको थियो।
४९९ पृष्ठ रहेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट शिक्षा मन्त्रालयमा हालैमात्र प्राप्त भएको थियो। बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनलाई मन्त्रालयको वेवसाइटमा सार्वजनिक गर्न भनेकी थिइन्। शिक्षा मन्त्री श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताएकी छन्।
‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो, उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरु कार्यान्वयनमा लैजानेछ,’ उनले भनिन्।
1717682245_1658667121_Last-PDF-version-of-whole-document-of-Commission-Report-1717756856
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
जीबी राई कहिल्यै पनि एपीवान टीभीको सञ्चालक नरहेको अन्नपूर्ण मिडिया प्रालिको दाबी
काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति कहिल्यै पनि एपीवान टेलिभिजनको सञ्चालक नरहेको अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले दाबी गरेको छ...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन...
-
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ...
-
सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस
काठमाडौं । आज बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका छ मध्ये दुई सिटमा न्यायाधिश सिफारिस गरेको छ...