आजको रशिफलः २०८१ जेठ २७ गते आइतबार
मेष – अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेत गर्दा विभिन्न अवसर पाइनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्योग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएको काम रोकिन सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ।
वृष – मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ।प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।
मिथुन – रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।रमाइलो दिन छ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट–अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ।
सिंह – पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा हुने सम्भावना देखिन्छ।उठ्नुपर्ने रकम हातलागी हुनेछ। साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ।
कन्या –भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।
तुला–पहिलेका कमजोरी बाहिर आउनाले समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि नहुन सक्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ।आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
वृश्चिक– स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। नियमित काममा फाइदा उठाउन सकिनेछ।स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।
धनु – साँझतिर स्वास्थ्य कमजोर रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
मकर – स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ।शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
कुम्भ – स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ।
मीन – तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ।हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












