अमेरिकाले युक्रेनलाई एक अर्ब ५० करोड डलर सहायता दिने
काठामाडौं । अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ ।
उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गरे ।
स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी भएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर नयाँ कोष समावेश भएको जानकारी दिए ।
यसअघि घोषित युएसएआइडी कोषमा थप ३२ करोड ४० लाख डलर पनि आपत्काली ऊर्जा आवश्यकताहरू पूरा गर्नका लागि पुनःनिर्देशित गरिनेछ ।
“यो कोषले युद्धमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्नेछ, विद्युत् उत्पादनको विस्तार गर्नेछ, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेछ र ऊर्जा पूर्वाधारको संरक्षण गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले एक वक्तव्यमा भनिन्, “यी प्रयासहरूले युक्रेनलाई मर्मत र पुनरप्राप्तिको समर्थन गरेर, ऊर्जा आपूर्ति व्यवधानप्रति युक्रेनको लचिलोपनमा सुधार गरेर र ऊर्जा प्रणालीको मर्मत तथा विस्तारका लागि आधार तयार गरेर उसको पूर्वाधारमा रुसको पछिल्लो आक्रमणलाई जवाफ दिन सहयोग प्राप्त हुनेछ ।”
युएसएआइडी र विदेश मन्त्रालयको नयाँ प्याकेजमा ३७ करोड ९० लाख डलरभन्दा बढी मानवीय सहायता सामेल छ ।
“यसले युक्रेनी जनताविरुद्ध रुसको क्रुर युद्धबाट प्रभावित शरणार्थीहरू, आन्तरिकरूपमा विस्थापितहरू र द्वन्द्व–प्रभावित समुदायहरूको तत्कालको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ”, ह्यारिसले बताइन् । उनका अनुसार कांग्रेसको समर्थनमा विदेश मन्त्रालयले युक्रेनी नागरिक सुरक्षा सहायतामा थप ३० करोड डलर प्रदान गर्नेछ ।
“यो समर्थनले उनीहरूलाई युक्रेनी क्षेत्रको रक्षा गर्न, क्रेमलिनको आक्रमणबाट लक्षित नागरिकलाई बचाउन, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण गर्न र युद्ध अपराध तथा अन्य अत्याचारका एक लाख २० हजारभन्दा बढी दर्ता भएका मुद्दाहरूको अनुसन्धान गर्न सुरक्षितरूपमा युद्धको अग्रमोर्चामा काम गर्न सहयोग गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले भनिन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












