पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा अख्तियारको छानबिनमा रहेकाहरुको जमघट
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्याल र ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा सचिवको भूमिकामा थिए । टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमितता जोडिएका जोडी हुन् ज्ञानेन्द्र-बैकुण्ठ । तत्कालीन सञ्चारमन्त्री कार्कीको ललितपुरको भैंसेपाटीस्थित घरमा टेरामक्सदेखि बिलिङ सिस्टमसम्म घोटालामा जोडिएका भीआईपीहरु मंगलबार साँझ जमघट भएको हो ।
पूर्वमन्त्री कार्कीकी आमाको जन्ममदिन पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायरामा रहेका व्यक्तिहरूको जमघट भएको हो । उक्त जमघटमा मुख्यसचिव डा.अर्याल, पूर्वरक्षा सचिव रेश्मिराज पाण्डे, लोकसेवा आयोगका पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईं, पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंहलगायतका व्यक्ति सहभागी थिए ।
पूर्वमन्त्री कार्कीले आमाको वर्थ डेुको उपलक्ष्यमा आफन्तलाई बोलाएको दाबी गरेका छन् । तर, उपस्थित व्यक्तिहरु हेर्दा उनको परिवारसँग गोरू बेचेको साइनो पनि देखिँदैन । बरु अख्तियारको छानबिन दायरामा रहेकाहरुको संगठित मुलकात जस्तो देखिन्छ ।
मुख्यसचिव डा. अर्याल टेरामक्सदेखि बिलिङ सिस्टम खरिद अनियमिततामा कार्कीसँगै अख्तियार धाइरहेका व्यक्ति हुन् । पूर्वप्रहरी महानिरीक्षकद्वय उपेन्द्रकान्त अर्याल र धीरजप्रताप सिंह, सहसचिव खत्रीको अख्तियारमा आधा दर्जन उजुरी छन् । उपेन्द्रकान्त व्यापरी उपेन्द्र महतोका मित हुन् । महतोले मुख्यसचिव अर्याललाई जोगाउने काम गरिरहेका छन् ।
पूर्वरक्षा सचिव पाण्डेले ज्ञानेन्द्रका भाइ लोकेन्द्रलाई रक्षामा हुँदा करोडौंका ठेक्का मिलाइदिएका व्यक्ति हुन् । महेन्द्र कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्ष हुन् दौडिरहेका छन् । अख्तियारको छानबिन दायरामा रहेका यिनीहरु पूर्वमन्त्री कार्कीको घरमा रणनीति बनाउन भेला भएको पाइन्छ ।
Comments
अरु समाचार
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...












